एक महिनामा वाणिज्य बैंकहरुले कमाए साढे ८ अर्ब, ग्लोबल आइएमईले सर्वाधिक कमाउँदा अरु बैंकले कति कमाए ?

एक महिनामा वाणिज्य बैंकहरुले कमाए साढे ८ अर्ब, ग्लोबल आइएमईले सर्वाधिक कमाउँदा अरु बैंकले कति कमाए ?

गत आर्थिक वर्षको साउन महिनामा ९ अर्ब बढी कमाएका बैंकहरुको नाफा यस वर्ष भने घटेको छ।

मंगलवार, असोज ९ २०८०
मंगलवार, असोज ९ २०८०
  • images
    images
    एक महिनामा वाणिज्य बैंकहरुले कमाए साढे ८ अर्ब, ग्लोबल आइएमईले सर्वाधिक कमाउँदा अरु बैंकले कति कमाए ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन महिनामा वाणिज्य बैंकहरूले साढे ८ अर्ब बढि खुद नाफा आर्जन गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले साउन महिनामा ८ अर्ब ५२ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेका हुन् ।

    गत आर्थिक वर्षको साउन महिनामा ९ अर्ब बढी कमाएका बैंकहरुको नाफा यस वर्ष भने घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत आर्थिक वर्षको साउनमा वाणिज्य बैंकहरुले ९ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएका थिए। चालु आर्थिक वर्षको सोहि अवधिमा बैंकहरुको नाफा करिब ५० करोड रुपैयाँले घटेको छ।

    ग्लोबल आइएमई बैंकको नाफा सर्वाधिक

    साउन महिनामा ग्लोबल आइएमई बैंक सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकको भएको छ । साउन महिनामा ग्लोबल आइएमई बैंकले करिब १ अर्ब नाफा कमाएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार यस बैंकले सबैभन्दा धेरै ९९ करोड २३ लाख रुपैयाँ नाफा कमाएको हो।

    नेपाल एसबिआई बैंकको सबैभन्दा कम 

    साउन महिनामा नेपाल एसबिआई बैंकले अन्य वाणिज्य बैंकहरू भन्दा कम नाफा आर्जन गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार यस बैंकले एकमहिना मा १६ करोड ०५ लाख नाफा कमाएको छ ।

    अन्य कुन बैंकको कति ? 

    १ महिनामा अवधीमा नबिल बैंकले ७५ करोड ५५ लाख नाफा कमाएको छ। नाफा आर्जन अनुसार ग्लोबल आइएमई पछि सार्वधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । 

    बढी नाफा गर्ने बैंकको तेस्रो नम्बरमा नेपाल इनभेष्टमेन्ट मेगा बैंक रहेको छ । यस बैंकले ७४ करोड ६० लाख, ६३ करोड १० लाख नाफा आर्जन गरेको छ भने चौथोमा हिमालयन बैंकले ६३ करोड ११ लाख नाफा कमाएको छ।

    यस्तै, कुमारी बैंकले ५७ करोड ७० लाख नाफा आर्जन गरेको छ । तथ्याङ्क अनुसार ५० करोड भन्दा बढि नाफा आर्ज गर्नेमा यी ५ बैंक मात्र रहेको छन् । अन्य बैंकहरूको नाफा भने ५० करोड भन्दा कम रहेको छ । 

    यी हुन् ५० करोड भन्दा कम नाफा आर्जन गर्ने बैंकहरू 

    चालु आर्थिक बर्षको पहिलो महिनामा प्राइम कमर्सियलले ४२ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने, लक्ष्मी सनराइजले ४१ करोड ५० लाख र एनआईसी एशिया बैंकले ३८ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको छ । एनआईसी एशिया साउनमा नाफा गर्ने बैंकको नवौं नम्बरमा झरेको छ । यस अघि यस बैंक उत्कृष्ट चारमा आउने गरेको थियो । 

    bank profity chart 1 month.JPG

    राष्ट्रिय वाणिज्य बैंक – ४४ करोड ७० लाख रुपैयाँ

    प्राइम कमर्सियल बैंक – ४२ करोड ४८ लाख रुपैयाँ

    लक्ष्मी सनराइज बैंक – ४१ करोड ५४ लाख रुपैयाँ

    एनआईसी एशीया बैंक – ३८ करोड ४६ लाख रुपैयाँ

    एनएमबी बैंक – ३८ करोड ३१ लाख रुपैयाँ

    एभरेष्ट बैंक – ३६ करोड ७७ लाख रुपैयाँ

    नेपाल बैंक – ३६ करोड ४ लाख रुपैयाँ

    कृषि विकास बैंक – ३३ करोड १६ लाख रुपैयाँ

    प्रभु बैंक – २९ करोड ९९ लाख रुपैयाँ

    सिद्धार्थ बैंक – २९ करोड ९६ लाख रुपैयाँ

    स्ट्यान्डर्ड चार्टर्ड बैंक – २५ करोड ७८ लाख रुपैयाँ

    सानिमा बैंक – २५ करोड २० लाख रुपैयाँ

    सिटिजन्स बैंक – २४ करोड ७६ लाख रुपैयाँ

    माछापुच्छ्रे बैंक – १८ करोड ८७ लाख रुपैयाँ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com