सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा डिजिटल बीमाको शुभारम्भ, अनलाइनबाटै बीमालेख खरिद गर्न सकिने

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा डिजिटल बीमाको शुभारम्भ, अनलाइनबाटै बीमालेख खरिद गर्न सकिने

आइतवार, भदौ १० २०८०
आइतवार, भदौ १० २०८०
  • images
    images
    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा डिजिटल बीमाको शुभारम्भ, अनलाइनबाटै बीमालेख खरिद गर्न सकिने
    images
    images

    काठमाडौँ / सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फछ्र्यौट गर्न एसपिआएल–डिजी प्रणाली प्रचलनमा ल्याएको छ । 
    सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपिआएल–डिजीको प्रयोगले बीमितहरूले सहज रूपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन् भने निश्चित रकम सम्मको बीमा दावी फर्छयौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन् ।

    नेपाल वीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठद्वारा संयुक्त रूपमा एक समारोहकाविच एसपिआएल–डिजी प्रणालीको शुभारम्भ गरे। 

    शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सराहना गर्दै यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न शुभकामना दिए । 
    कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतिय माध्यमवाट प्रभावकारी वीमा सेवा प्रदान गर्न क्रियासिल रहेको बताए । यसैगरी प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले क्रमिक रूपमा वीमा सेवालाई प्रविधियुक्त वनाउने हाम्रो लक्ष्य अनुरूप यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी वनाउने तर्फ थप क्रियासिल रहने प्रतिवद्धता व्यक्त गरे ।

    एसपिआएल–डिजी डिजिटल प्रणाली भएको हुदा अनलाईन भुक्तानी मार्फत कम्पनीमा विमा शुल्क भुक्तानी गरी भौतिक रूपमा उपस्थिति विना विमालेख खरिद गर्न सकिनेछ । 

    बीमितले निश्चित रकम सम्मको वीमा दावी फर्छयौट गरी भुक्तानी लिन र बीमा दावीको अवस्थाको वारेमा जानकारी समेत लिन सक्नेछन् । यसवाट समय र लागत घट्न जाने र झन्झट रहित तरिकावाट वीमा सेवा लिन एवम् प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com