काठमाडौँ / सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालित मेरो सेयर र सि-आस्बा सेवाहरू आज (भदौ ८) साँझ केही घण्टाका लागि अवरुद्ध हुने भएका छन्। कम्पनीले सेवा प्रणालीको डाटाबेस अपग्रेडेसनका कारण अस्थायी अवरोध हुने जानकारी दिएको हो।
सिडिएससीका अनुसार, आज साँझ ५:३० बजेदेखि करिब ६ घण्टासम्म यी सेवाहरू प्रयोग गर्न सकिने छैन। अपग्रेडेसन कार्य सम्पन्न भएपछि सेवा पूर्ववत रूपमा सञ्चालन हुने कम्पनीले जनाएको छ।
मेरो सेयर र सि-आस्वा दुवै सेवा नेपालका पुँजी बजारमा लगानीकर्ताले सर्वाधिक प्रयोग गर्ने प्रणाली भएकाले यस अवरोधको असर ठुलो सङ्ख्याका लगानीकर्तामा पर्ने अनुमान गरिएको छ।