समृद्धि फाइनान्सको मधुवन शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सको मधुवन शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

शुक्रवार, साउन ३० २०८२
शुक्रवार, साउन ३० २०८२
  • समृद्धि फाइनान्सको मधुवन शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    समृद्धि फाइनान्सको मधुवन शाखाले स्थानीय २१ जनाको सहभागितामा डिजिटल बैंकिङ-ठगी तथा विप्रेषणसम्बन्धी विषयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

    images
    images

    कार्यक्रमको उद्देश्य स्थानीयवासीलाई डिजिटल बैंकिङ प्रयोगका क्रममा सम्भावित ठगी जोखिमबारे सचेत गराउने, सुरक्षित तरिकाले सेवा लिन मार्गनिर्देशन गर्ने तथा विप्रेषण सेवासम्बन्धी आवश्यक जानकारी प्रदान गर्ने रहेको शाखाले जनाएको छ।

    समृद्धि फाइनान्सले यस किसिमका वित्तीय साक्षरता कार्यक्रमहरूलाई निरन्तरता दिँदै ग्राहक तथा सर्वसाधारणलाई सुरक्षित, सहज र आधुनिक बैंकिङ सेवाबारे सचेत गराउँदै आएको छ।

    नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु  प्रदन गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय