प्रधानमन्त्रीले स्तर गुमाए, उहाँमा मानसिक विचलन देखियो : मनिष झा

प्रधानमन्त्रीले स्तर गुमाए, उहाँमा मानसिक विचलन देखियो : मनिष झा

बिहिवार, साउन २९ २०८२
बिहिवार, साउन २९ २०८२
  • प्रधानमन्त्रीले स्तर गुमाए, उहाँमा मानसिक विचलन देखियो : मनिष झा

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रवक्ता मनिष झाले संसदमा प्रधानमन्त्रीले कारागारमा रहेको व्यक्तिको बारेमा सदनमा गएर त्यति समय व्यतित गर्नु मानसिक विचलन बाहेक केही पनि नभएको बताए । 

    images
    images

    उनले भने,‘हिजो प्रधानमन्त्रीज्यूले संसदमा जुन अभिव्यक्ति दिनुभयो त्यसप्रति खेदव्यक्त गर्दछौं । हाम्रो पार्टीको बारेमा उहाँले बोल्नुभयो भनेर हामीलाई चिन्ता नै छैन् । प्रधानमन्त्रीज्यूले कारागारमा रहेको व्यक्तिको बारेमा सदनमा गएर त्यति समय व्यतित गर्नु भनेको त मानसिक विचलन बाहेक केही पनि होइन ।’

    प्रधानमन्त्री ओलीले संसदमा रास्वापाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै भनेका थिए ,‘भीडद्वारा न्यायको हत्यागरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने बताउँदै उनले त्यस्ताका पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो कुरा हो ।’

    त्यस्तै उनले पहिले नै थुनामा रहेको व्यक्तिमाथि स्तर गुमाएर अपव्याख्या गरेको पनि आरोप लगाए । सुशासन सामाजिक र सार्वजनिक सेवा लिने क्रममा देखिने बताउँदै उनले ट्याक्स तिर्न जाँदा घुस खाने देशमा सदनमा सुशासनको कुरा गरेर हुन्छ ? भन्दै प्रश्न समेत गरे । 

    उनले भने,‘लगानीको वातावरण कमजोर हुँदै छ । त्यसका बारेमा त बोल्नुभएन । हामीलाई चिन्ता छ । तर उहाँलाई चिन्ता थुनामा रहेको नेताको बारेमा नानाथरी स्तर गुमाएर अपव्याख्या गर्दैहुनुहुन्छ । टेबल ठोक्नेहरु पनि पाउनु भएकै छ । सुशासन सदनमा आउने राम्रो भाषणले होइन । सुशासन सामाजिक र सार्वजनिक सेवा लिने क्रममा देखिन्छ । ट्याक्स तिर्न जाँदा घुस खाने देशमा सदनमा सुशासनको कुरा गरेर हुन्छ ?’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय