गत बर्ष भित्रियो १७ खर्ब २३ अर्ब रेमिट्यान्स, श्रम स्वीकृति लिने कति ?

गत बर्ष भित्रियो १७ खर्ब २३ अर्ब रेमिट्यान्स, श्रम स्वीकृति लिने कति ?

आइतवार, भदौ ८ २०८२
आइतवार, भदौ ८ २०८२
  • गत बर्ष भित्रियो १७ खर्ब २३ अर्ब रेमिट्यान्स, श्रम स्वीकृति लिने कति ?

    काठमाडौँ / गत आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १९.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत बर्ष १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । 

    images
    images

    अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । २०८२ असार महिनाको विप्रेषण आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब १७ अर्ब ७८ करोड रहेको थियो । 

    समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।  

    त्यस्तै, खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१८७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १ खर्ब ५७१ अर्ब २४ करोड रहेको थियो ।  

    समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय