एमजीद्वारा दशैँ, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक

एमजीद्वारा दशैँ, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक

आइतवार, भदौ ८ २०८२
आइतवार, भदौ ८ २०८२
  • एमजीद्वारा दशैँ, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक

    काठमाडौँ / नेपालमा एमजीका अधिकृत वितरक प्यारामाउन्ट मोटर्सले दशैँ, तिहार र छठका अवसरमा विशेष पर्व योजना ‘मोरिस गराजेज पाथ्स अफ स्माइल’ सार्वजनिक गरेको छ। 

    images
    images

    सो योजनाअन्तर्गत ग्राहकहरूले एमजीका विभिन्न मोडेलहरू– एमजी४ इभी, एमजी कमेट इभी, एमजी जेडएस भ्ख्, एमजी एसछ इभी, एमजी विन्डसर इभी, र एमजी आइएमट इभी – खरिद गर्दा विशेष सुविधा पाउनेछन् ।

    योजना अनुसार ग्राहकहरूलाई ४ लाख रुपैयाँसम्मको छुट, निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स, र निःशुल्क ३ किलोवाट वा ७ किलोवाट चार्जर उपलब्ध गराइनेछ। 

    यो अफर २०८२ भदौ ६ गतेदेखि २०८२ कार्तिक १० गतेसम्म एमजीको नक्साल र थापाथलीस्थित सोरुमहरूमा उपलब्ध हुनेछ, जसले ग्राहकहरूलाई पर्याप्त समयभित्र योजना अनुसार लाभ उठाउने अवसर दिनेछ।

    प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनील ब. क्षेत्रीले पर्वहरू खुसी, एकता र उत्सवको समय हुन् र ‘पाथ्स अफ स्माइल’ योजनामार्फत एमजीले ग्राहकहरूको अनुभवलाई अझ विशेष बनाउन चाहेको बताए । 

    उनले भने, “आकर्षक छुट, निःशुल्क इन्स्योरेन्स र सजिलो चार्जिङ्ग सुविधा सहित यो पर्व, एमजी घर ल्याउने उत्तम अवसर हो।”

    ‘पाथ्स अफ स्माइल’ योजनाले नेपालमा एमजीको प्रिमियम, नविनतम र ग्राहक–केन्द्रित अनुभव दिने प्रतिबद्धता झल्काउँछ। चाहे दशैँ होस्, तिहार वा छठ, एमजी गाडीहरूले थप मूल्य र सुविधा सहित सुरक्षित, सहज र रमाइलो यात्रा सुनिश्चित गर्ने लक्ष्य राखेका छन्।

    थप जानकारीका लागि ग्राहकहरूले एमजी नेपाल वेबसाइट वा नजिकको एमजी सोरुममा सम्पर्क गर्न सक्नेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय