एनआईसी एशिया बैंकका ग्राहकहरूलाई ल्याण्डमार्क होटल्स एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई ल्याण्डमार्क होटल्स एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट

आइतवार, भदौ ८ २०८२
आइतवार, भदौ ८ २०८२
  • एनआईसी एशिया बैंकका ग्राहकहरूलाई ल्याण्डमार्क होटल्स एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट

    एनआईसी एशिया बैंकका ग्राहकहरूलाई ल्याण्डमार्क होटल्स एण्ड रिर्सोटमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त रिसोर्टस् र बैंकबीच सम्झौता सम्पन्न भएको छ । सो समझदारीसँगै यस बैंकका ग्राहकहरूले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टस्मा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।  

    images
    images

    यस बैंकका ग्राहकहरूले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवा लिँदा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले पोखरा, तनहुँ, काठमाडौँ, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेको उक्त रिसोर्टस्बाट उक्त छुटहरू प्राप्त गर्न सक्नुहुनेछ ।  

    उक्त सुविधाको उपभोग गर्न ग्राहकहरूले सो बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नु पर्नेछ । उक्त रिसोर्टस्सँगको यस सहकार्यले ग्राहकहरूलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय