नेप्से परिसूचक १८ अङ्कले घट्यो, ६ अर्ब ५४ करोड बराबरको कारोबार

नेप्से परिसूचक १८ अङ्कले घट्यो, ६ अर्ब ५४ करोड बराबरको कारोबार

आइतवार, भदौ ८ २०८२
आइतवार, भदौ ८ २०८२
  • नेप्से परिसूचक १८ अङ्कले घट्यो, ६ अर्ब ५४ करोड बराबरको कारोबार

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.०२ अङ्कले घटेर दुई हजार ७३९.९५ को बिन्दुमा कायम भएको छ । परिसूचक ०.६५ प्रतिशतले घटेको हो ।

    images
    images

    आज ३२३ कम्पनीको एक करोड ४० लाख ९ हजार ७०८ कित्ता सेयर ५८ हजार १०५ पटक खरिदबिक्री हुँदा ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५.९२ को कारोबार भएको छ ।

    उत्पादन तथा प्रशोधन समूह ०.१५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.८८, विकास बैंक १.६९, वित्त ०.५३, होटल तथा पर्यटन ०.६८ र जलविद्युत् १.१९ प्रतिशतले घटेको छ । 

    त्यस्तै, लगानी ०.७८, जीवन बिमा ०.४, लघुवित्त ०.१५, म्युचुअल फण्ड ०.१६, निर्जीवन बिमा ०.५०, व्यापार ०.१९ र अन्य समूह ०.१० प्रतिशतले घटेको छ ।

    विकास हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ७.२९ प्रतिशतले घटेको छ ।

    कारोबार रकम र सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको १ अर्ब ७५ करोड ७९ लाख ३० हजार ३८६ बराबरको १२ लाख ७४ हजार २२५ कित्ता सेयर किनबेच भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय