साप्ताहिक राशिफल : आजदेखि भदौ १४ गते शनिबारसम्म तपाईँको समय कस्तो रहला ?

साप्ताहिक राशिफल : आजदेखि भदौ १४ गते शनिबारसम्म तपाईँको समय कस्तो रहला ?

आइतवार, भदौ ८ २०८२
आइतवार, भदौ ८ २०८२
  • साप्ताहिक राशिफल : आजदेखि भदौ १४ गते शनिबारसम्म तपाईँको समय कस्तो रहला ?

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
    मङ्गलबारसम्मको समय राम्रो रहेकोले खेलकुद तथा आट, साहस तथा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । लेखन, कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेको छ । प्रेम सम्बन्धहरूमा आत्मियता थप प्रगाड हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा छोटो दुरीको यात्रा हुनेछ । बुधबारबाट समय मध्यम रहेकोले राजनिति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचन गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरूको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।

    images
    images

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
    साताको सुरु र अन्तको समय राम्रो रहेकोले विशेष अवसरमा आकर्षक उपाहार प्राप्त हुनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ  भने नयाँ लगानीको अवसर आउनेछ । इमान्दारिता र मेहनेतले आत्मबिश्वासमा बृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउदा मन हर्षित हुनेछ । आइतबार मध्यान्हबाट मङ्गलबारसम्मको समय र शुक्रबारबाट समय मध्यम रहेकोले बिशेष तथा गोप्य योजनाहरू केहि दिनपछि मात्र सार्वजनिक गर्नुहोला । आफन्त तथा अग्रजसँग सैद्धान्तिक बिषयमा राय बाझिनेछ । घर जग्गा तथा सवारीसाधनको कारोबार तथा प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा अबिश्वास बढ्ने योग रहेको छ ।  

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
    पढाई लेखाईमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पत्ति तथा सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सकिनेछ । राजनितिमा लाग्नेहरूका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना कमिकमजोरीहरू सुधार्दै जिवन शैलिमा परिवर्तन गर्न सकिनेछ । सोमबार र मङ्गलबारको समय मध्यम रहेकोले घरायसी कुरामा आफन्त तथा कुटुम्बसँग बिवाद हुन सक्छ ध्यान दिनुहोला । व्यापारमा मनग्गे समय दिए पनि थोरै आम्दानीमा चित्त बुझाउनु पर्नेछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेममा अविश्वास सिर्जना नहोला भन्न सकिन्न । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिने तथा दैनिकी प्रभावित हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
    पढाईलेखाईमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा बढी नै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । ता पनि बिदेशी सामानको खरिद बिक्रीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेको छ । भौतिक तथा विलासी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । ओभर कन्फिडेन्टले नतिजा शून्य जस्तै हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेको छ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
    साताको सुरु र अन्तको समय राम्रो रहेकोले समाजमा नेतृत्वदायी भूमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरीमा बढुवा हुने योग रहेकोछ । व्यापार लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने कृषि, पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाईले खाईमा मन जानेछ भने अध्ययनकै सवालमा यात्रा हुनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले आम्दानीभन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम सङ्गत काम नगर्नाले दण्ड तथा जरिवाना तिुर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । ता पनि लामो दुरीको बिदेश यात्रा हुने तथा बिदेशमा बसेर काम गर्नेहरूका लागि समय फलदायी रहनेछ ।

    कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
    लामो दुरीको धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरू बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगति भएर जानेछ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ । शुक्रबारबाट समय मध्यम रहेकोले खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा बृद्धि हुने योग रहेको छ । व्पापारमा भनेजस्तो आम्दानी नहुँदा दैनिकी प्रभावित हुन सक्छ । आफ्नै मानिसलाई बिश्वास गर्दा धोका पाइनेछ । लामो दुरीको बिदेश यात्रा हुनेछ भने एनजिओ तथा बिदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाइनेछ ।  

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
    राम्रा तथा परिणाममुखि काम गरि अरुको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा बृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानि गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रसस्त सम्भावना रहकोछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । तारिफयोग्य काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेकोछ । पैत्रिक स्रोत साधनको प्रयोगमार्फन आम्दाननी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
    बिहीबारसम्मको समय मध्यम रहेकोले खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । धेरै समय दिए मात्र व्यापार व्यावसायमा आम्दानी गर्न सकिनेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी बहन नगर्नु नै ठिक हुनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला । शुक्रबारबाट समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापारमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरि लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    मङ्गलबारसम्मको समय राम्रो रहेकोले प्रतिस्पर्धी तथा सहपाठीहरूलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धि समस्या झेल्नेहरूले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाइनेछ । बुधबारबाट समय मध्ययम रहेकोले व्यापारमा साझेदारहरूबिच मनमुटाब बढ्ने हुनाले संयम भएर प्रस्तुत हुनुहोला । आर्थिक कारोबार बिग्रनाले दैनिकी प्रभावित हुनेछ । व्यावसायिक यात्रा भएपनि गन्तव्य पहिल्याउन मुस्किल पर्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । भौतिक तथा विलासी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न ।
     
    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
    बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुँनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । न्यालयबाट हुने न्यायिक निर्णयहरू तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ । शुक्रबारबाट समय मध्ययम रहेकोले लामो दुरिको व्यावसायिक यात्रामा बिलम्ब हुनेछ । सवारि साधन तथा अन्य हार्डवयेरसँग सम्बन्धित बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । सचेत नभए ऋण, रोग तथा शत्रुले सताउनेछन् । काममा ढिलासुस्ती तथा अप्रिय समाचारले दैनिकी प्रभावित हुनेछ ।
     
    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
    सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाइनेछ । नाफामूलक व्यावसाय भन्दा सेवामूलक व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरू सजिलै सम्पादन हुनेछन् । महङ्गो उपाहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । अदालती निर्णयहरू तपाईकै पक्षमा सम्पादन हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण,रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुँनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 
    साता मध्यम रहेकोले राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यावसायमा मन्दि आउने भए पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईँदेखि रिसाउनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । अध्ययन अध्यापनमा भनेजस्तो नतिजा नआउन सक्छ । समय तथा प्रविधिको गतिलाई पछ्याउन नसक्दा प्रतिष्पर्धिहरू नै हावि हुनेछन् । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय