आईएमई लाइफ इन्स्योरेन्सद्वारा वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्सद्वारा वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता सम्पन्न

आइतवार, भदौ ८ २०८२
आइतवार, भदौ ८ २०८२
  • आईएमई लाइफ इन्स्योरेन्सद्वारा वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता सम्पन्न

    काठमाडौँ / आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ८औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ। 

    images
    images

    ‘खेलकुदमार्फत स्वास्थ्य, एकता र ऊर्जा’ नारासहित कर्पोरेट कार्यालय, शाखा कार्यालय र व्यवस्थापन समूहका कर्मचारीबीच खेल आयोजना गरिएको कम्पनीले जनाएको छ।

    प्रतियोगितामा कम्पनीका विभिन्न विभाग र शाखाका कर्मचारीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

    कार्यक्रमको उद्देश्य आपसी समन्वय, टिमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै कार्यस्थलमा ऊर्जा र उत्साह थप्नु रहेको कम्पनीले जनाएको छ।

    फुटसल प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोल गर्ने खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो।

    समापन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले खेलकुद केवल मनोरञ्जन मात्र नभई टिम भावना, आत्मविश्वास र स्वास्थ्यलाई मजबुत बनाउने माध्यम भएको बताएका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय