नाडा अटो शो २०२५ आज स्वास्थ्यमन्त्री पौडेलले समापन गर्ने, १ लाखभन्दा बढी दर्शकले गरे अवलोकन

नाडा अटो शो २०२५ आज स्वास्थ्यमन्त्री पौडेलले समापन गर्ने, १ लाखभन्दा बढी दर्शकले गरे अवलोकन

आइतवार, भदौ ८ २०८२
आइतवार, भदौ ८ २०८२
  • नाडा अटो शो २०२५ आज स्वास्थ्यमन्त्री पौडेलले समापन गर्ने, १ लाखभन्दा बढी दर्शकले गरे अवलोकन

    काठमाडौँ / काठमाडौँको भृकुटीमण्डप प्रदर्शनीस्थलमा भदौ ३ गतेदेखि सुरु भएको नाडा अटो शो २०२५ आज आइतबार सम्पन्न हुने भएको छ। पाँच दिनसम्म चलेको यस प्रदर्शनीमा एक लाखभन्दा बढी अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ।

    images
    images

    यस वर्षको अटो शोले ऐतिहासिक उपलब्धि हासिल गरेको आयोजकको दाबी छ। प्रदर्शनीको चार दिनमै १ लाख ४ हजार ३४७ भन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गरेको नाडाले जनाएको थियो । 

    यसले नेपाली उपभोक्ताहरूमा नयाँ प्रविधि र अटोमोबाइल नवप्रवर्तनप्रति उच्च चासो रहेको प्रमाणित गर्ने नाडाका अध्यक्ष करण चौधरी बताउँछन् ।  

    प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको मेलामा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रदेश सरकारका मुख्यमन्त्रीहरू, विभिन्न संघसंस्थाका पदाधिकारी, उच्चपदस्थ सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारी, व्यवसायी, खेलाडीहरू र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता थियो।

    नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, सार्वजनिक यातायात महासंघ, बैंकर्स एशोसिएसन, बिमा कम्पनीका प्रमुख, युवा उद्यमी संघका प्रतिनिधिहरूले समेत अटो शो अवलोकन गरेका छन्। सोसाइटी अफ इण्डियन अटोमोबाइल मेनुफ्याक्चरर्स र अटोमोटिभ कम्पोनेन्ट मेनुफ्याक्चरर्स एशोसिएसनका प्रतिनिधिहरूले पनि सहभागिता जनाएका थिए।

    अध्यक्ष चौधरीका अनुसार अटो शो अब केवल प्रदर्शनी मात्र नभई नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउन योगदान पुर्याउने राष्ट्रिय उत्सवको रूपमा विकसित भएको छ। 

    आयोजकले प्रदर्शनी सफल बनाउन योगदान पुर्याउने सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र अवलोकनकर्ताहरूप्रति आभारसमेत व्यक्त  गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय