बुङ्गल हाइड्रोको आइपिओ भदौ १६ गतेदेखि निष्काशन हुने, २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने

बुङ्गल हाइड्रोको आइपिओ भदौ १६ गतेदेखि निष्काशन हुने, २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने

आइतवार, भदौ ८ २०८२
आइतवार, भदौ ८ २०८२
  • बुङ्गल हाइड्रोको आइपिओ भदौ १६ गतेदेखि निष्काशन हुने, २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने

    काठमाडौँ / बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आइपिओ भदौ १६ गतेदेखि खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई सेयर निष्काशन गर्न लागेको हो।

    images
    images

    कम्पनीले १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरका १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्नेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन अवधि छिटोमा भदौ १९ र ढिलोमा भदौ ३० सम्म रहनेछ।

    केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरिएको छ । जसले औसत जोखिम सङ्केत गर्दछ। कम्पनीको १०।७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत आयोजनाको लागत ३ अर्ब २ करोड रुपैयाँभन्दा बढी छ र विद्युत अनुमतिपत्र २६ वर्ष १० महिना बाँकी छ।

    आइपिओको निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। आवेदन सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरो सेयर अनलाइनमार्फत गर्न सकिनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय