आज वि.संं २०८२ साल भाद्र ८ गते, आइतबार, ईश्वी सन् २०२५ अगस्ट २४ तारिख तदनुसार नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, भाद्र शुक्लपक्ष, प्रतिपदा तिथी, बिहान ११ः १४ बजेपछि द्वितीया, पूर्वाफाल्गुनी नक्षत्र, शिब योग, आनन्दादिमा–छत्र योग, चन्द्रराशि–सिंह ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक क्षेत्रमा असहज परिस्थिति र खुला वातावरणको कमीले सङ्कट निम्त्याउन सक्छ। अनावश्यक जोखिमले लगानी खेर जान सक्ने भएकाले सचेत रहनुहोस्। छिटो नाफाको लोभले समस्या बढाउन सक्छ, त्यसैले विवेकपूर्ण निर्णय महत्त्वपूर्ण छ। अवसर आए पनि गहिरो विचारपछि मात्र कदम चाल्दा आर्थिक स्थिरता सम्भव हुनेछ। अनुसन्धानमा समय खर्च गर्दा सकारात्मक परिणाम पाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक क्षेत्रमा कृषि, पशुपालन र वित्तीय कारोबारबाट राम्रो आम्दानीको सम्भावना छ। घर(जग्गा र सवारीसाधन जोड्ने अवसर मिल्नेछ। तर हिस्सेदारसँग असमझदारी र प्रक्रियागत त्रुटिले काम दोहोर्याउनुपर्ने हुन सक्छ। अनावश्यक वचन र गुप्त योजना सार्वजनिक गर्दा जोखिम बढ्न सक्छ। खर्च बढ्ने भएकाले सावधानी अपनाउनुहोस्। विवेकपूर्ण निर्णयले स्थिर लाभ सुनिश्चित गर्न मद्दत पुर्याउँछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक क्षेत्रमा व्यापार व्यवसाय फस्टाउनेछ र उद्योगबाट विशेष लाभ मिल्नेछ। दाजुभाइ वा साझेदारसँग मिलेर गरिने लगानी सफल बन्ने सङ्केत छन्। सेयर बजारमा गरिएको लगानीबाट लाभ पाइनेछ। भौतिक सम्पत्ति तथा नगद जुटेर नयाँ लगानीको अवसर सिर्जना हुनेछ। कृषिमा केही चुनौती भए पनि आम्दानी प्रशस्तै हुनेछ। विवेकपूर्ण योजना र सहयोगीको साथले आर्थिक स्थिरता बलियो बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक क्षेत्रमा कृषि, पशुपालन, होटल, रेष्टुरेन्ट तथा खाद्यान्न व्यापारमा लगानी लाभदायक हुनेछ। शेयर बजारमा गरिएको लगानीबाट पनि आम्दानी बढ्ने सम्भावना छ। बोली र सम्पर्कको प्रभावले आर्थिक अवसरहरू प्राप्त हुनेछन्। पूर्वाधार नपुग्दा केही योजना अधुरा रहने भए पनि विवेकपूर्ण निर्णय र निरन्तरता राख्दा दिगो लाभ मिल्नेछ। दिगो फाइदा हुने सम्झौता गर्न अनुकूल समय रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी व्यापार व्यवसायमा लगानी गर्दा मनग्गे आम्दानी हुने सम्भावना छ। पहिलेदेखि रोकिएका रकमहरू उठ्नेछन् र आर्थिक अवस्था मजबुत बन्नेछ। महत्वकांक्षी योजनाहरू पूरा गर्न सहयोगीहरूको साथ उपयोगी हुनेछ। नयाँ काम वा नोकरीको अवसर प्राप्त भई आय बढ्ने संकेत छन्। विवेकपूर्ण सल्लाहका आधारमा निर्णय गर्दा दिगो लाभ र प्रतिष्ठा दुवै हासिल हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक क्षेत्रमा आम्दानीभन्दा खर्च बढी हुने सम्भावना छ, जसले दैनिकी प्रभावित पार्न सक्छ। उद्योग–व्यापारमा अपेक्षित लाभ नपाइए पनि लगानी विस्तारको अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिनुपर्ने हुन सक्छ। नियम विपरीत कामले जरिवाना तिर्नुपर्ने जोखिम छ। विदेश यात्रामा आर्थिक लाभका अवसर देखिन्छन्, तर विवेकपूर्वक निर्णय नगरे जोखिम बढ्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक क्षेत्रमा पैत्रिक र प्राकृतिक स्रोतको प्रयोगले आम्दानी बढ्नेछ। पहिलेका कामबाट लाभ हात लाग्नेछ र उठ्न बाँकी रकम प्राप्त हुने समय छ। शिक्षा व्यवसाय वा सेयर बजारबाट मध्यम लाभ पाउन सकिनेछ। कृषि, पशुपालन र व्यापारमा प्रशस्त फाइदा हुनेछ। तर खर्च बढ्ने भएकाले सावधानी अपनाउनुहोस्। चल(अचल सम्पत्तिको सदुपयोग र विवेकपूर्ण योजना आर्थिक स्थिरताको आधार बन्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ, जसले दिगो फाइदा हुने काम प्रारम्भ गर्न मद्दत पुर्याउँछ। नयाँ अवसरको सदुपयोगले व्यापार व्यवसाय विस्तार हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। पहिलेका सम्पर्क र सञ्जाल प्रयोग गरी आम्दानीका स्रोत बढाउन सकिनेछ। विवेकपूर्ण निर्णय र योजनाले आर्थिक स्थिरता सुनिश्चित गर्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक क्षेत्रमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ, यद्यपि नयाँ अवसर गुम्ने जोखिम रहन्छ। परिस्थितिवश कार्य रोकिने भए पनि विवेकपूर्ण योजना र लगनशीलताले स्थिर लाभ सम्भव छ। अनावश्यक खर्च नियन्त्रणमा राख्दा आर्थिक अवस्था मजबुत रहन्छ। स्रोतहरूको उचित प्रयोग र दीर्घकालीन सोचले भविष्यमा दिगो आम्दानी सुनिश्चित गर्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक क्षेत्रमा पुराना लगानीबाट रकम उठ्दा नयाँ क्षेत्रमा लगानी गर्ने अवसर खुल्नेछ। व्यापार र वित्तीय क्षेत्रमा लगानीबाट नाफा कमाउने सम्भावना छ। नयाँ लगानी आवश्यक परे पनि विवेकपूर्वक योजना गर्दा दीर्घकालीन लाभ मिल्नेछ। स्वास्थ्य र गोपनीयता ख्याल नगर्दा आर्थिक कार्यमा बाधा आउन सक्छ। मिहिनेत र पुनः प्रयासले रोकिएका काम पूरा हुनेछन् र भविष्यमा फाइदा सुनिश्चित हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक क्षेत्रमा व्यापार, सेयर बजार र उद्योगमा सानो लगानीबाट मनग्गे लाभ लिन सकिनेछ। भौतिक साधन र स्रोत जुट्दा दैनिक काम सहज हुनेछ। तर खर्च बढ्ने र जोखिम रहने भएकाले सावधानी अपनाउनुहोस्। रोकिएका काम दोहोर्याएर पूरा गर्नु पर्ने परिस्थितिहरू आउन सक्छन्। विवेकपूर्ण योजना र तयारीले दीर्घकालीन लाभ सुनिश्चित हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक क्षेत्रमा वित्तीय र सेयर बजारमा लगानीबाट नाफा कमाउन सकिनेछ। पुराना ऋण तिर्ने अवसर मिल्नेछ र पछिसम्म आम्दानी रहने व्यवसाय सुरु गर्न सकिनेछ। मेहनत र लगनशीलताले रोकिएका वा चुनौतीपूर्ण काम पूरा हुनेछन्। विवेकपूर्वक अवसरको सदुपयोग गर्दा मनग्गे फाइदा उठाउन सकिन्छ। समस्यामा सहयोगीको साथले आर्थिक कार्य सहज बनाउनेछ।