कोशी प्रदेशको आफ्नै राजस्व कार्यालय संचालनमा

कोशी प्रदेशको आफ्नै राजस्व कार्यालय संचालनमा

सोमवार, भदौ २ २०८२
सोमवार, भदौ २ २०८२
  • कोशी प्रदेशको आफ्नै राजस्व कार्यालय संचालनमा

     इटहरी / कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेशको राजस्व संकलनलाई प्रभावकारी बनाउन र आवश्यक सहजीकरण गर्न सोमबार सुनसरीको इटहरीमा प्रदेश राजस्व कार्यालयको उद्घाटन गरिएको हो ।

    images
    images

    आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालयको उद्घाटन गर्दै प्रदेशले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको अवस्थामा नयाँ कार्यालय आवश्यक भएको बताए ।

    उनले  भने, ‘जनतालाई करको अतिरिक्त बोझ नपारीकन राजस्व संकलनका स्रोत पहिचान गरी कार्यालयले सहजीकरण गर्नेछ ।’
    गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारले ४ अर्ब ९८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९८ प्रतिशत मात्र सफलता हासिल गरेको थियो ।

    चालु आर्थिक वर्षमा भने ५ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । 

    समारोहमा प्रदेशसभा सदस्य रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा.मोहन सुवेदी लगायतको उपस्थिति थियो ।  यो कार्यालय स्थापना गर्ने पहिलो प्रदेश सरकार कोशी प्रदेश भएको जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय