काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३०.७० प्रतिशतले बढेको छ । अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्ममा बैंकले १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको हो ।
गत बर्ष सोही अवधिमा बैंकले १ अर्ब १७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २०.४८ प्रतिशत बढेको छ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.९३ प्रतिशत र सञ्चालन मुनाफा ३०.५५ प्रतिशतले बढेको छ। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ।
तथ्याङ्क अनुसार चौथो त्रैमाससम्ममा बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी २० रुपैयाँ ७५ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४६ करोड २५ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ १२ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९५ पैसा रहेको छ।
बैंकको खराब कर्जा भने केही बढेको छ । अघिल्लो आर्थिक बर्षमा २.३७ प्रतिशत रहेको खराब कर्जा अहिले बढेर २.७५ प्रतिशत पुगेको हो । ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ चुक्तापूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९२ करोड ९५ लाख रुपैयाँ सञ्चित छ।
बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ खर्ब १७ अर्ब ४३ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ९७ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।