काठमाडौँ / नेपालका लागि ह्युन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘दशैँ–तिहार, १० गुणा उपहार’ घोषणा गरेको छ। कम्पनीले सधैँझैँ यस वर्ष पनि दशैँ – तिहारको अवसरमा विशेष अफर सार्वजनिक गरेको हो ।
नेपालीहरूको महान् पर्व दशैँ, तिहार र छठको उत्सवलाई रोचक एवं हर्सोल्लास बनाउन ह्युन्डाईले ‘दशैँ–तिहार, १० गुणा उपहार’ अफर घोषणा गरेको छ। उक्त अफर अन्तर्गत, ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसर समेत पाउनेछन् । यसका साथै, ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पाउनेछन् ।
प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि उपलब्ध हुनेछ। हरेक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा दिइनेछ, जसले ब्रान्डको गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँछ।
यस दशैँ–तिहारमा, हुन्डाई नेपालले सबै अटोप्रेमीहरू र सम्भावित ग्राहकहरूलाई नजिकैको ह्युन्डाई शोरुममा पुगेर ‘दशैँ–तिहार, १० गुणा उपहार’ अफरको फाइदा लिन हार्दिक निमन्त्रणा गर्दछ। यो अफर भदौ २, देखि सुरु हुनेछ।