डोजर ‘आतङ्क’पछि मनोहरा सुकुम्बासी बस्तीमा रुवाबासी, बिचल्ली सुकुम्बासीहरू नेताको खोजीमा

डोजर ‘आतङ्क’पछि मनोहरा सुकुम्बासी बस्तीमा रुवाबासी, बिचल्ली सुकुम्बासीहरू नेताको खोजीमा

सोमवार, भदौ २ २०८२
सोमवार, भदौ २ २०८२
  • डोजर ‘आतङ्क’पछि मनोहरा सुकुम्बासी बस्तीमा रुवाबासी, बिचल्ली सुकुम्बासीहरू नेताको खोजीमा

    काठमाडौँ / काठमाडौँको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्ती यतिबेला कुरुपजस्तै देखिन्छ । बस्तीबासीको मुहार आक्रोश र पीडाले भरिएको जस्तै भान हुन्छ । बस्तीमा नयाँ व्यक्ति देख्नासाथ स्थानीय झस्किन्छन् ।

    images
    images

    क्यामेरा लिएर पुगेका सञ्चारकर्मीहरूलाई समेत उनीहरू आक्रमक बन्ने गरेका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा शुक्रबार डोजर चलाएर घर–टहरा भत्काइदिएपछि अवस्था असामान्य छ ।

    वैकल्पिक व्यवस्था गर्न नपाउँदै महानगरले घर टहरामा डोजर आतङ्क मच्चाएपछि स्थानीयहरूमा रुवाबासी चलेको छ । डोजर प्रयोग गरेर महानगरले करिब २० देखि २५ वटा घर वा टहरामा डोजर चलाएपछि दर्जनौँ परिवार विचल्लीमा छन् । मध्यवर्षा यामको समयमा घर भत्काइएपछि सुकुम्बासीहरू घर न घाटको अवस्थामा छन् ।

    पीडितहरू भत्काइएका खण्डहर संरचनामै पाल टाँगेर बसेका छन् । डेढ दशकदेखि सुकुम्बासी बस्तीमा बस्दै आएका शम्भु थापाले बिना जानकारी एक्कासी डोजर चलाइएको आरोप लगाए ।

    उनले सामान झिक्न समेत नदिएकोप्रति गुनासो गरे । भोट माग्नेबेला नेताहरू आएको तर अहिले सरकारका सबै पक्षहरूले सोध्न समेत नआएको भन्दै उनले आक्रोश पोखे ।

    “यहाँ बाटो खोल्नुपर्छ भनेर घर सारेका थियौँ । जानकारी समेत नदिइ एक्कासी डोजर लिएर आए र भत्काए । घरभित्रका सामान झिक्नै पाइएन् । यस्तो अत्याचार हुँदा भोट माग्न आउने नेता र सरकार स्वार्थी भएका छन् । अहिलेसम्म कोही आएका छैनन् । भूमि आयोगले केही गर्छु भनेको थियो आजसम्म गरेको छैन्,” उनले भने, “आजसम्म भोट माग्ने काम मात्र भएको छ । भोट पाएका नेताहरू कोही फर्किएर आएनन् । हाम्रो छानो यसरी भत्काइयो तर कोही सहयोग लिएर आएनन् । आफन्तकोमा बसिरहेका छौँ । पहिल्यै थाहा भएको भए वैकल्पिक व्यवस्था गर्ने थियौँ वा रोक्ने थियौँ होला । भत्काउन थालेपछि प्रतिकार गरेर पार लागेन । सशस्त्र र महानगरका प्रहरी सबै मिलेर हामीलाई बाहिर निकालेर घरहरू एकाएक भत्काउन थाले ।” 

    उक्त क्षेत्रमा २५ वटाजति घर भत्किाइएको उनले जानकारी दिए । क्षतिको कुनै लेखाजोखा नभएको समेत उनले बताए । “क्षति थुप्रै भएको छ । भएका सबै सामान बिग्रिएका छन् । राहत आँउछ भनेर अश्वासन दिइएको छ । तर अहिलेसम्म कोही आएको छैन्,” उनले अगाडि भने,“हाम्रो जग्गा हो । जबरजस्ती कब्जा गरेर बसेको हो र जबरजस्ती नै भत्काउँछौ भन्दै महानगरका प्रतिनिधिहरू आएका थिए । यस्तो बर्षायामको बेला यतिसम्म अत्याचार नगरिदिएको भए हुन्थ्यो ।” 

    आफूहरू भक्तपुर जिल्लाको भएपनि काठमाडौँ महानगरपालिकाले आएर अत्याचार गरेको उनको गुनासो छ । बालबच्चा र बृद्धबृद्धा रूवाबासी गरेपनि महानगर निर्दयी भएको उनले बताए ।

    सोही बस्तीमा बस्दै आएकी माया खापुङ्ग महानगरप्रति आक्रोश पोख्दै भन्छिन् “महानगरले अन्याय मात्र होइन अत्याचार नै गर्यो । सामान झिक्न समेत दिएन् । एकाएक डोजर चलाउन थाल्यो । व्यवस्थित गर्छु भन्ने सरकारको पारा यही हो त ?” 

    पूर्व जानकारी समेत नदिए महानगरले डोजर चलाएकाले अत्याचारको पराकाष्ट भएको उनको दाबी छ । “हामीलाई केही जानकारी थिएन् ।  यसरी भत्काउनु थियो भने पहिले नै खबर गरेको भए हुन्थ्यो । पकाएर खाने भाँडा र लगाउने लुगाफाटा समेत निकाल्न दिएनन् ।  घरभित्र बालबच्चासँगै सबै परिवार हुँदाहुँदै एकाएक गरेर भत्काइयो । अपाङ्ग बच्चा थियो उसलाई समेत निकाल्न पाइएन । निकाल्न जानेलाई समेत कुटपिट भयो,” पीडित खापुङले भनिन् । 

    प्रतिकारका क्रममा धेरैजना घाइते भएको, अंगभंग बनाएको र हिडडुल समेत गर्न नसक्नेगरी कुटपिट भएको उनको गुनासो छ । “यो त अत्ति नै भयो । हामी जस्तो गरिब दुःखीलाई यस्तो गर्नु ठिक हो र ? अहिले एकदमै बिचल्ली अवस्था छ । कतैबाट राहत आएको छैन् । कोही आएका छैनन् । सुकुम्बासी बस्ती व्यवस्थित गर्छु भन्ने सरकार कहाँ छ ?” उनले प्रश्न गरिन् । 

    तर यता, काठमाडौँ महानगरपालिकाले पटक पटक सूचना दिएको र केही भूमाफियाले जग्गा किनेर घर बनाएको सूचना पाएपछि अवैध संरचना भत्काइएको जनाएको छ । 

    मनोहरा जग्गा एकीकरण आयोजनाको आग्रह र मेयर बालेन शाहको निर्देशनमा अनधिकृत संरचनाहरू भत्काइएको नगर प्रहरी प्रमुख राजु पाण्डेले सञ्चारकर्मीहरूलाई जानकारी दिए ।

    पाण्डेका अनुसार सोझासाझा व्यक्तिहरूलाई फसाएर भूमाफियाहरूले  जग्गा हडप्ने प्रयास गरेको र अनधिकृत तरिकाले व्यक्तिको सम्पत्ति कब्जा गर्ने प्रयास भइरहेकाले महानगरको निर्देशनमा डोजर चलाइएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय