कोशी प्रदेशसभामा छलफल निरन्तर

कोशी प्रदेशसभामा छलफल निरन्तर

सोमवार, भदौ २ २०८२
सोमवार, भदौ २ २०८२
  • कोशी प्रदेशसभामा छलफल निरन्तर

    विराटनगर / कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ । सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य जीवन आचार्यसहित थप १३ प्रदेशसभा सदस्यले बोल्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिनुभयो । 

    images
    images

     भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सभामा विभित्र समयमा उठेका विषयमा जवाफ दिँदै प्रदेश सरकारले आफ्नो समाथ्र्यअनुसार जनताका काम गरिरहेको जानकारी दिनुभयो । प्रदेश मातहतका विकासका योजनालाई समयमै पूरा गराउन सरकार प्रतिबद्ध रहेको चर्चा गर्दै उहाँले संविधानमा उल्लिखित अधिकार प्रदेश सरकारले पाउनुपर्ने जिकिर गर्नुभयो । 

     मन्त्री राईले सरकारी अस्पतालको अवस्था नै राम्रो नरहेको अवस्थामा निजी अस्पतालमा सरकारले लगानी गर्न नसकिने जानकारी दिँदै योजना छात्रे, लगानी गर्ने तर अधिकार नदिने कुरा उचित नभएको बताउनुभयो ।

    विशेष समय                                                                                                                                                              नेपाल कम्युनिष्ट पार्टी ९एमाले० कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेङयाङ्बोले आफ्नो  पार्टी सबै धर्म, जाति, भाषा र संस्कृतिलाई संरक्षण एवं संवद्र्धन गर्ने पक्षधर हो भत्रुभयो । राजनीतिक परिवर्तनकै बलमा जनताले अहिलेको अधिकारको अनुभूति गर्न सकेको जिकिर गर्दै उहाँले भाषा ज्ञान, सीप, भावना र विचार आदानप्रदान गर्ने माध्यम हो भत्रुभयो । उपनेता मेङयाङ्बोले भाषा आयोगले सिफारिस गरेको सरकारी कामकाजको भाषाका विषयमा सरकारले विधेयक ल्याइसकेको जानकारी दिँदै यसमा सबै
    सांसदहरुले सर्वसम्मतले पारित गर्न आग्रह गर्नुभयो ।

    आगामी कातिक २५ गतेदेखि लागू हुनेगरी आएको विधेयकलाई प्रदेशका जनताले अपनत्व ग्रहण गर्न सुझाव दिँदै उपनेता मेङयाङ्बोले इतिहासमा पहिलो पटक कोशी प्रदेशमा मैथिली र लिम्बू सरकारी कामकाजको भाषा हुन गइरहेकामा खुसी व्यक्त गर्नुभयो ।

    कोशी प्रदेशसभामा नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले सरकारले ल्याएको  विधेयकले मैथिली र लिम्बू भाषीको सम्मान गरेको चर्चा गर्नुभयो । उहाँले व्यावहारिक रुपमा ऐनका रुपमा आएको यो विधेयकसँगै सरकारको पहुँच नागरिक तहसम्म पुगेको चर्चा गर्दै लोकतन्त्रको मूल्य र मान्यतालाई शिरोधार्य गर्ने नेपाली कांग्रेस कुनै पनि धर्म, भाषा, जाति, पहिचान र संस्कृतिको विरोधी नभएको स्पष्ट पार्नुभयो ।


    शून्य समय                                                                                                                                                                    शून्य समयमा कोशी प्रदेशसभा सदस्यहरु ममता तामाङ मगर, गीता रानी महतो र नम्बरलाल धिमालले विविध समस्याबारे प्रदेश सरकारको ध्यानार्षण गराउनुभएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय