नाडा अटो शो २०२५मा फोटोन र सोकोन इभिले ल्याएका आकर्षक अफरहरू केके हुन् ?

नाडा अटो शो २०२५मा फोटोन र सोकोन इभिले ल्याएका आकर्षक अफरहरू केके हुन् ?

सोमवार, भदौ २ २०८२
सोमवार, भदौ २ २०८२
  • नाडा अटो शो २०२५मा फोटोन र सोकोन इभिले ल्याएका आकर्षक अफरहरू केके हुन् ?

    काठमाडौँ / यसपालिको नाडाअटोशो २०२५ अटोप्रेमीहरूका लागि  रोमाञ्चक हुने भएको छ। फोटोन टुनल्यान्ड, माउन्टेन इभि भ्यान, TM1 र सोकोन इभि भ्यानहरूले ६ दिनसम्म चल्ने यस कार्यक्रमका लागि विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू घोषणा गरेका छन् । 

    images
    images

    यी फोटोन मोडेलहरूले आकर्षक प्राइस इन्सेन्टिभ, गुणस्तरीय उपहार र सर्भिससहित गाडी किन्ने प्रक्रियालाई पहिले भन्दा अझै किफायती बनाउने भएका छन् ।

    चारै मोडेलहरूमा आकर्षक छुट दिइएको छ, जसमा केही विशेष मूल्यहरू भने केवल प्रदर्शनीमै सार्वजनिक हुनेछन् । TM1 को मूल्य रु. ३३,७४,०००बाट घटाएर रु. २६,९९,००० गरिएको छ । त्यस्तै, माउन्टेन इभि र सोकोन इभि भ्यानले पनि विशेष छुट र अफरहरू ल्याएका छन् । 

    फोटोन टुनल्यान्ड पिकअपले चाहिँ बलियो छुटको घोषणा या त अगाडि नै गर्नेछ, या रोमाञ्चकता बढाउनका लागि स्टलमा गर्नेछ । नाडामा फोटोन माउन्टेन इभि, फोटोन TM1 वा सोकोन इभि भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको फुल इन्स्योरेन्सका साथमा अटोप्लस र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टीका साथ प्राप्त हुनेछ ।

    साथै, खरिद प्रक्रियालाई सरल बनाउन तीनै मोडेलमा सजिलै उपलब्ध हुने फाइनान्स सुविधा पनि रहनेछ, जसलेगर्दा ग्राहकले ढिला नगरी आफ्नो मनपर्ने गाडी लिन सक्ने छन् । यी संयुक्त अफरहरूबाहेक, हरेक ब्रान्डले आफ्नै थप आकर्षक अफरहरू पनि दिएका छन्। 

    फोटोन टुनल्यान्ड पिक अप किन्नेलाई ट्राङक्विलिटीस्पा एक्सपिरियन्स वा भाटभटेनीको रु. २५,०००को शपिंग कुपन, साथै ३ वर्ष सम्म पार्ट्स सहितको प्रिभेन्टिभ मेनटेनेन्स सर्भिस ९एःक्० सेवा र ड्राइभर परिवारको स्वास्थ्य बिमा उपलब्ध हुनेछ ।

    माउन्टेन इभि भ्यानमा छुट सहित हरेक खरिदमा ५५ इन्च स्मार्ट टिभी, पार्ट्ससहित ५ पटकसम्म निःशुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेक सुज उपलब्ध हुनेछ।सोकोन इभि भ्यान ले पनि हरेक खरिदमा आकर्षक छुटसँगै ५५ इन्च स्मार्ट टिभी प्रदान गर्नेछ ।

    यी उपहारहरू, विस्तारित सर्भिस प्याकेज, इन्स्योरेन्स र सजिलो फाइनान्स सुविधाले गाडी मात्र नभई सम्पूर्ण गाडी खरिद अनुभवलाई अझ सुखद बनाउने छन् ।

    नाडा अटो शो २०२५मा गएर फोटोनको स्टल ब्ठ मा टुनल्यान्ड पिकअप, स्टल व्द्ध मा फोटोन माउन्टेन इभि र त्ःज्ञ एवम्स्टल व्ट मा गए र सोकोन ईभी भ्यानको अवलोकन गर्नुहोस् । विभिन्न मोडेलहरू हेर्दै विशेष छुटको फाइदा उठाउन र लिमिटेड टाइम अफरहरू उपयोग गरेर आफ्नो ड्राइभ अनुभवलाई अझै उत्कृष्ट बनाउन कम्पनीले आग्रह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय