भोलिदेखि सुरु हुने नाडा अटो शोमा ७५ कम्पनी सहभागी, फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स प्रदर्शनीमा

भोलिदेखि सुरु हुने नाडा अटो शोमा ७५ कम्पनी सहभागी, फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स प्रदर्शनीमा

सोमवार, भदौ २ २०८२
सोमवार, भदौ २ २०८२
  • भोलिदेखि सुरु हुने नाडा अटो शोमा ७५ कम्पनी सहभागी,  फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स प्रदर्शनीमा

    काठमाडौँ / नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा सञ्चालित नाडा अटो शो २०२५ भोलि मङ्गबारदेखि सुरु हुने भएको छ । फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स ल्याउने भएकोले चर्चा कमाएको नाडा अटो शो काठमाडौँको भृकुटिमण्डपमा भोलिदेखि सुरु हुने भएको हो । 

    images
    images

    अटो शोमा ७५ वटा स्टल रहनेछन्। चार पाङ्ग्रे सवारी साधनतर्फ दिपल, अवतार, डोङफेङ नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, आयोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, आइएडब्लू ब्रम्बी, जेवाई एयर, बिलाभल, एलएस अटो र जिङपेङ गरी १८ वटा ब्रान्डको स्टल रहने बताइएको छ । 

    यसैगरी, दुई पाङ्ग्रे सवारीतर्फ हिरो, रोयल इन्फिल्ड, जोनसन र यामाहाको मात्रै स्टल रहनेछन् । 

    लाइट कमर्सियल भेहिकलतर्फ न्यु जोनाउ, डीएफएसके, डोङफेड, कामा, फोटोन, सोकोन, सीजी केवाइसीरकिङलङ, मोन्ट्रा, स्काईवर्थ, काइन्यु, केवाड़/नाभिको र सुनलङ गरी १३ वटा ब्रान्डका स्टल रहने नाडाले जानकारी दिएको छ । 

    त्यस्तै, अटो कम्पोनेन्ट्स र पार्ट्सतर्फ एसियन, गल्फ, डकह्याम्स, एटीएस एल्गी, माफ्रा, म्याक्ससाइन, वेभेक्स/कुरुमा, मासिमो नेपाल, म्याचिलिन, लिक्ची मोलि, एसटीसी राइड र इनर्जी, सिएट टायर, जेके/गुड टायर, स्पाइसर, भुल्कन, आईटीआर/एटीएफ, युएसबी/होबी, सीवाईजी, केपीआई एण्ड कोहिनुर, मनाती, इलेक्ट्रिक भेहिकल चार्जर, टाटा ग्रिन, टोटल इनर्जी, स्टुड्स रएसएमके, माइक्रोबिज, होराइजन एफसीटी, म्याक, पीएलओ लगायतका ४० वटा स्टल रहनेछन्।

    यसपटकको अटो शोमा मेड इन नेपाल पेभेलियन र भिन्टेज कार पेभेलियन समेत रहने नाडाले जानकारी दिएको छ । साथै, प्रदर्शनीको समयमा नाडाले अटो डायलग समेत आयोजना गर्ने जनाएको छ। नाडा अटो शोको यो संस्करणको टाइटल स्पोन्सर एमएडब्लू ग्रुप अफ कम्पनी रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय