नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी ‘नाडा अटो सो’मा,  प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी ‘नाडा अटो सो’मा,  प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने

सोमवार, भदौ २ २०८२
सोमवार, भदौ २ २०८२
  • नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी ‘नाडा अटो सो’मा,  प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने

    काठमाडौँ / भोलि मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५ मा नेपालकै पहिलो इभीटोल दिपलको उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् । 

    images
    images

    एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरूआत भएको सन्देश दिँदै इभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग लाई नाडा अटो सोमा प्रदर्शनीमा राख्न लागेको हो । 

    एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोटहरू पनि प्रदर्शनीमा राख्नेछ जसले आगन्तुहरूसँग प्रत्यक्ष संवाद गर्दे मानिसहरूको जस्तो गतिविधि र संसार गर्नेछन् । यी नविनतम् प्रविधिले नाडा अटो सोलाई एउटा अटोमोबाइल प्रदर्शनीमा मात्र नभई एउटा नयाँ युगको आगमनको उत्सव बनाउनेछ । 

    नाडामा दिपलका मार्केट डिस्रप्टर इभीहरू

    नयाँ प्रविधिहरूसँगै नाडा अटो सोमा दिपल तथा अवतारका फ्युचरिस्टिक कारहरू दिपल एस०५, एस०७ आईसीए, ई०७ र अल्ट्राप्रिमियम अवतार ११ प्रदर्शनीमा राखिनेछन् । गत साता नेपालमा धमाकेदाररूपमा सार्वजनिक भएको दिपल एस०५ ले केही दिनमै अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । लक्जरी, स्टाइल र टेक्नोलोजीको विशिष्ट सम्मीश्रणकै कारण यो नयाँ एसयुभी लोकप्रिय बन्न पुगेको हो । 

    नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलका सबै इभीहरू नाडाको एवान र एटु स्टलमा प्रत्यक्ष रूपमा अनुभव गर्न सकिनेछ । “नाडा अटो सो सधैं नयाँ प्रविधि प्रदर्शन गर्ने मञ्च रहँदै आएको छ । यस वर्ष प्रधानमन्त्री ज्यूबाटै नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुनु स्वयंम्मा एउटा ऐतिहासिक उपलब्ध हो,” एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, “उड्ने कार, ह्युमनोइड रोबोट र दिपलका डिस्रप्टिक इभी लाइनअपलाई प्रदर्शनमा राखेर हामीले नेपालको मोबिलिटीको भविष्यलाई पुनपरिभाषित गर्दैछौँ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय