काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी)ले महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै इच्छुक उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको हो ।
सूचना अनुसार, महाप्रबन्धक पदका लागि इच्छुक व्यक्तिले २१ दिनभित्र गोप्य सिलबन्दीमा दरखास्त पेस गर्नुपर्नेछ। उम्मेदवारले प्रशासन, व्यवस्थापन वा कानून विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेको हुनुपर्नेछ । साथै, उमेर ३० वर्ष पूरा भइसकेको र ६० वर्ष ननाघेको व्यक्तिले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
डीडीसीको महाप्रबन्धक पद सार्वजनिक प्रतिस्पर्धामार्फत चयन हुने भएकाले योग्य उम्मेदवारलाई निर्धारित म्यादभित्र आवेदन दिन मन्त्रालयले आग्रह गरेको छ।