एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा अब भदौ १२सम्म आवेदन दिन सकिने

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा अब भदौ १२सम्म आवेदन दिन सकिने

सोमवार, भदौ २ २०८२
सोमवार, भदौ २ २०८२
  • एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा अब भदौ १२सम्म आवेदन दिन सकिने

    काठमाडौँ / एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालनमा ल्याएको एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको इकाई खरिदका लागि आवेदन दिने अवधि लम्बिएको छ। साउन २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको यो योजनामा अब भदौ १२ गतेसम्म आवेदन दिन सकिने भएको हो।

    images
    images

    एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना खुलामुखि योजना हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सर्वसाधारणलाई बिक्री गरेको हो।

    १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई बीज पूँजीका लागि एनआईसी एशिया बैंकलाई सुरक्षित राखिएको छ भने बाँकी ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधारणलाई बिक्री गरिएको हो। उक्त योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

    बिक्री खुला भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात ५० करोड रुपैयाँबराबरको इकाई खरिदको आवेदन प्राप्त भएमा बाँडफाँट हुने र न्यूनतम सङ्ख्यामा इकाई खरिद नभएमा योजना खारेज गरी १५ दिनभित्र रकम फिर्ता गरिने व्यवस्था छ। यस योजनाको निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड नै रहेको छ। 

    लगानीकर्ताले आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्। म्युचुअल फण्ड निष्काशनका लागि गरिएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ भने इक्रा नेपालले योजना व्यवस्थापकलाई केयरएनपी एएमसी क्वालिटी ३ प्लस रेटिङ्ग दिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय