काठमाडौँ / नेपालमा व्यवसायिक शिक्षाको स्वरूप परिवर्तन गर्ने लक्ष्यका साथ स्थापना भएको इम्बार्क कलेजले उच्च शिक्षामा नयाँ युगको सुरुआत गरेको छ। अत्याधुनिक पूर्वाधार, अन्तर्राष्ट्रिय साझेदारी र उद्योग–केन्द्रित पाठ्यक्रम मार्फत कलेजले विद्यार्थीलाई भविष्यका व्यवसायिक नेता र नवप्रवर्तकको रूपमा तयार पार्न थालेको छ।
इम्बार्क कलेजले परम्परागत शिक्षण पद्धतिलाई चुनौती दिँदै, व्यवहारिक सिकाइ, उद्यमशीलता, अनुसन्धान र सामाजिक उत्तरदायित्वमा आधारित शिक्षालाई प्राथमिकता दिएको छ।
रोहेम्पटन विश्वविद्यालय (लन्डन, यूके)सँगको सहकार्यमा सञ्चालित बिएस्सी बिजनेस म्यानेजमेन्ट र एमबीए कार्यक्रमहरू नेपालमै बसेर अन्तर्राष्ट्रिय गुणस्तरको डिग्री हासिल गर्ने अवसर प्रदान गर्छन्।
पढाइसँगै उद्योगको अनुभव,इम्बार्क कलेजको व्यवसायिक कार्यक्रमहरूले सिद्धान्त र व्यवहारलाई एकसाथ जोड्छन् । विद्यार्थीहरू केवल कक्षाभित्रै सीमित नभई उद्योग भ्रमण, कार्यशाला, इन्टर्नसिप र प्रोजेक्ट कार्यमा सक्रिय सहभागी हुन्छन् ।
कलेजको उद्योग–सम्बद्ध पाठ्यक्रमले विद्यार्थीलाई रोजगारीका लागि मात्र होइन, व्यवसाय सिर्जना गर्ने क्षमता विकासमा पनि सहयोग गर्दछ। कलेजका अनुसार, करियर विकास केन्द्र मार्फत विद्यार्थीहरूलाई बायोडाटा लेखन, अन्तर्वार्ता तयारी र रोजगार अवसरका लागि तालिम दिने व्यवस्था गरिएको छ। यसले स्नातक हुनुअघि नै उनीहरूलाई उद्योगसँग प्रत्यक्ष सम्पर्कमा ल्याउनेछ ।
उद्यमशीलता र नवप्रवर्तनमा जोड,इम्बार्क कलेजको उद्यमशीलता प्रवर्द्धन केन्द्रले विद्यार्थीका नविन व्यावसायिक विचारलाई मूर्तरूप दिन सहयोग पुर्याउँछ ।व्यापार योजना निर्माणदेखि लगानी खोज र प्रोटोटाइप परीक्षण सम्मका सेवाहरू प्रदान गर्दै आएको छ ।
यसले विद्यार्थीहरूलाई रोजगार खोज्नेभन्दा पनि रोजगार सिर्जना गर्ने उद्यमी बनाउने उद्देश्य राखेको छ। विद्यार्थी–केन्द्रित शिक्षण पद्धति,कलेजको अर्को विशेषता भनेको विद्यार्थी–केन्द्रित सिकाइ प्रणाली हो ।
व्यक्तिगत शैक्षिक परामर्श, मानसिक स्वास्थ्य सहयोग, र समावेशी सिकाइ वातावरणको माध्यमबाट कलेजले विद्यार्थीको सम्पूर्ण विकासमा ध्यान दिएको छ ।डिजिटल लर्निङ प्लेटफर्म, पुस्तकालय, प्रयोगशाला र सहकार्यका लागि खुला स्थानहरू कलेजको शैक्षिक वातावरणलाई अझ समृद्ध बनाउँछन् ।
अनुसन्धान र प्रकाशनमा अग्रसरता,इम्बार्क अनुसन्धान सञ्जाल केन्द्रमार्फत कलेजले अनुसन्धान र प्रकाशनको क्षेत्रमा पनि अग्रसरता देखाएको छ ।उद्योगसँगको सहकार्यमा स्थानीय व्यवसायिक केस–स्टडी र नीति–निर्माणमा उपयोगी अनुसन्धान कार्य गरिँदै आएको छ, जसले विद्यार्थीलाई अनुसन्धानमा सहभागी हुन प्रोत्साहन दिन्छ ।
अन्तर्राष्ट्रिय पहुँच, स्थानीय प्रभाव, इम्बार्क कलेजले छोटो समयमै नेपालमै बसेर अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा लिने, व्यवहारिक अनुभव बटुल्ने र सामाजिक परिवर्तनमा भूमिका खेल्ने संस्थाको रूपमा आफ्नो पहिचान बनाएको छ। स्नातक विद्यार्थीहरूलाई केवल डिग्री नभई नेतृत्व, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वका गुणहरूसँग लैजाने उद्देश्य राखिएको छ।