समृद्धि फाइनान्स, बनेपा शाखाले हिजो कृष्ण जन्माष्टमीको पावन अवसरमा बनेपास्थित ऐतिहासिक कृष्ण मन्दिर, लायकु चोक परिसरमा भक्तजनहरूलाई निःशुल्क पानी वितरण गरेको छ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वमा बिहानदेखि बेलुकीसम्म मन्दिरमा आएका भक्तजनहरूको भीडलाई ध्यानमा राख्दै शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम आयोजना गरेको हो ।
उक्त अवसरमा करिब १००० भन्दा बढी भक्तजनहरूले प्रत्यक्ष सेवा प्राप्त गरेका थिए । भक्तजनहरूले गर्मी मौसममा गरिएको पानी वितरणले आफूलाई ठूलो राहत पुगेको प्रतिक्रिया दिएका छन् ।
शाखाका प्रतिनिधिहरूका अनुसार यस किसिमका साना तर अर्थपूर्ण सामाजिक कार्यहरूले स्थानीय समुदायसँग सम्बन्ध अझ मजबुत बनाउन मद्दत पुर्याउने विश्वास लिएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरूमार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्गलगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।