काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि भएको छ ।
यसअघि प्रतिलिटर १५९ रुपैयाँमा बिक्री हुँदै आएको पेट्रोल अब भने प्रतिलिटर १६१ रुपैयाँमा कायम गरिएको छ । नयाँ खरिद मूल्यअनुसार पेट्रोलका प्रतिलिटर २ रुपैयाँ ३३ पैसा बढेर आएको छ भने डिजलको मूल्य प्रतिलिटर १ रुपैयाँ २७ पैसा घटेर आएको छ ।
आज मध्यरात १२ः०० बजेदेखि लागू हुने गरी निगमले तय गरेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६१ र डिजेल एवम् मट्टीतेल प्रतिलिटर १४९ तोकिएको छ ।