आज वि.सं. २०८२ साल साउन २८ गते, बुधबार तदनुसार ईश्वी सन् २०२५ अगष्ट १३ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, भाद्र कृष्णपक्ष, चतुर्थी तिथी, बिहान ६ः२ बजेपछि पञ्चमी, उत्तराभाद्रपदा नक्षत्र, आनन्दादिमा–लुम्ब योग, चन्द्रराशि–मीन ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक चुनौती बढ्दै जानेछ । घरायसी खर्च व्यवस्थापन कठिन भई स्वास्थ्य उपचारमा खर्च बढ्ने सम्भावना छ । लगानी बढाउनुपर्ने भए पनि विदेशी सामान व्यापार र वैदेशिक रोजगारीमा लाभ मिल्नेछ । नयाँ अवसर खोजी, रोकिएका काम सम्पन्न र दिगो फाइदाका परियोजनामा संलग्नताले आर्थिक सुधारको बाटो खोल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्राकृतिक स्रोत, पैतृक सम्पत्ति र पुँजी बजारमा लगानीबाट मनग्गे आम्दानी हुनेछ। व्यापार, उद्योग, कला र साहित्यमा सफलता मिल्नेछ। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नुका साथै भौतिक सम्पत्ति प्राप्ति हुनेछ। सहयोग, पदीय अवसर र मिहिनेतका कारण आर्थिक पक्ष सबल भई जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहयोगी र शुभचिन्तकको साथले व्यापार, नोकरी र पेशामा लाभ हुनेछ। पुर्खौली सम्पत्ति प्रयोगबाट आम्दानी बढ्नेछ। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्। विवाद समाधान र सामाजिक योगदानले लोकप्रियता बढाउनेछ। प्रारम्भिक चुनौती भए पनि दोहोर्याएर प्रयास गर्दा दीर्घकालीन आर्थिक लाभ प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भाग्यको साथले थोरै लगानीमै प्रशस्त आम्दानी हुनेछ। प्रशासनिक र सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। साथीभाइको सहयोगमा नयाँ योजना कार्यान्वयन भई आर्थिक सबलता आउनेछ। शिक्षा, धर्म र समाजसेवामा अवसर मिल्नेछ। प्रतिष्ठा, पदीय जिम्मेवारी र अप्रत्याशित अवसर प्राप्त भई दीर्घकालीन फाइदाका स्रोत पहिचान गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बाधा व्यवधान र चुनौतीले काममा ढिलाइ भई मानसिक तनाव बढ्नेछ। स्वास्थ्यमा कमजोरी र खानपानमा लापरबाहीले समस्या आउन सक्छ। कानुनी नियम तोड्दा जरिवाना सम्भावना रहनेछ। बोली र गोपनीयता प्रति सचेत रहनुपर्छ। शुभचिन्तकको सल्लाह मान्दा र धैर्यका साथ अघि बढ्दा नियमित कार्य सम्पादन भई स्थिति सुधार हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार र शेयर बजारमा लगानीबाट उच्च प्रतिफल मिल्नेछ। साझेदारीमा लाभ, दाम्पत्य सुमधुरता र सहयोगीको साथले दिगो काम थालनी हुनेछ। प्रियजनसँगको भेटघाट, अतिथि सम्मान र रमाइलो यात्राले उत्साह बढाउनेछ। आम्दानी बढ्ने तर खर्च पनि हुने भएकाले योजना गोप्य राखी सावधानीपूर्वक अघि बढ्दा आर्थिक लाभ स्थायी बन्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारबाट मनग्गे आम्दानी भई नयाँ उद्योगमा लगानीको अवसर मिल्नेछ। प्रतिस्पर्धामा विजय, मुद्दा मामिलामा पक्षमा फैसला र स्वास्थ्य सबलताले दिगो फाइदाका काम अघि बढ्नेछ। मिहिनेत र आँटले लक्ष्य पूरा भई अरूलाई प्रभावित पारिनेछ। ईर्ष्यालुहरू पछि पर्दा प्रतिष्ठा बढ्नेछ र भविष्यको लागि मजबुत आर्थिक आधार बस्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा उत्कृष्ट नतिजा हासिल भई लामो दुरीको शैक्षिक यात्रा हुनेछ। सन्तान र परिवारको सहयोगले व्यापार, शिक्षा तथा सेवामूलक कार्यबाट मनग्गे आम्दानी हुनेछ। शेयर बजार, खाद्यान्न, निर्माण सामग्री र विलासी वस्तुमा लगानीबाट उल्लेख्य नाफा मिल्नेछ। मिहिनेत र लगावले बौद्धिक प्रगति, पुरस्कार र विशेष अवसर प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरायसी समस्याले आर्थिक अभाव र मानसिक खिन्नता ल्याउन सक्छ। परिवारको साथ कम भए पनि इष्टमित्रको सहयोग मिल्नेछ। कृषि, पशुपालन र सवारी साधनको कारोबारबाट आम्दानी हुने सम्भावना छ। साझेदारी समस्या समाधान भई दिगो योजनामा अघि बढ्दा फाइदा हुनेछ। पुरानो सम्झौता नवीकरणले दीर्घकालीन लाभ सुनिश्चित गर्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
उद्योग, शेयर बजार र उत्पादन व्यवसायमा लगानीबाट मनग्गे धन आर्जन हुनेछ। छोटो दूरीको लाभदायक यात्रा र दाजुभाइ तथा आफन्तको सहयोगले मन प्रसन्न हुनेछ। प्रेम र कलात्मक क्षेत्रमा समय उत्तम छ। धैर्य र पराक्रमले महत्वकांक्षी योजना पूरा हुनेछन्। कृषि तथा पशुपालनमा लाभ मिल्नेछ। नयाँ काम सुरु गरी चुनौती पार गर्दै समाजमा स्थापित हुने मौका छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलीको प्रभावले पैसाको आम्दानी बढ्नेछ। मेहनतले प्रतिस्पर्धीलाई जित्दै अध्ययनमा सफलता मिल्नेछ। छोटो यात्राले रमाइलो अवसर ल्याउनेछ। हास्य, लेखन र साहित्य क्षेत्रमा समय फलदायी छ। खाद्यान्न, बिलासी सामान, होटल र पुँजी बजारमा लगानीबाट नाफा हुनेछ। सञ्चित धन वृद्धि भई व्यवसायमा विशेष फाइदा मिल्नेछ। तारिफयोग्य कामले लोकप्रियता र मनग्गे उपलब्धि ल्याउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछन्। व्यापार, शेयर बजार र उद्योगमा लगानीले मनग्गे आम्दानी हुनेछ। इमानदारी र मेहनतले आत्मविश्वास बढ्नेछ। अध्ययनमा प्रगति हुँदै ज्ञानको भण्डार फैलिनेछ। प्रेममय वातावरण र लामो दूरीको यात्राले मन हर्षित बनाउनेछ। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्। गोपनीयतामा सावधानी अपनाउनुहोला।