काठमाडौँ / सोसल मिडियामा कन्टेन्ट क्रियटर गणेश देवकोटा (जीडी) ले ’पहाडको छोरो’ गीत सार्वजनिक गरेका छन् ।
फैजी फिल्म प्रडक्सनले तयार पारेको ’पहाडको छोरो’ गणेश (जीडी) युट्युव च्यानमा १० लाख सस्क्राइभर पुगेको अवसरमा आयोजित एक समारोहबीच गीत सार्वजनिक गरिएको हो ।
गीतपछि बोल्दै गणेश देवकोटा (जीडी) ले, आफ्नो युट्युव च्यानलमा दश लाख सस्क्राइभर पुगेको अवसर पारेर ’पहाडको छोरो’ गीत सार्वजनिक गरिएको बताएका छन् ।
उनले आफ्नो जीवनको कथा संघर्ष र सफलताको कथालाई गीतमा समावेश गरिएको बताउनुभयो । गीतले आफ्नो युट्युवको जर्नी यात्रा शुरूवातदेखि आजसम्मको यात्रालाई समावेश गर्दै सार्वजनिक गरिएको बताए ।
रारामा छायांकन गरिएको भिडियोले आफ्नो वास्तविक जीवनलाई प्रस्तुत गरेको (जीडी)ले बताए । उनले युट्युव च्यानलमा मनोरञ्जन लगायत विभिन्न विधाका भिडियोहरू रहेको छ ।
गणेश (जीडी) युट्युब च्यानलमा मंगलबार सार्वजनिक गीतमा हालसम्म चालीस हजार पटक हेरिसकिएको छ । उक्त गीतको शव्द संरचना गणेश (जीडी) को रहेको छ भने जीडी प्रडक्सनले तयार पारेको ’पहाडको छोरो’ को निर्देशन विवेक मगरले गरेका हुन् । भिडियोमा सिनेम्याटोग्राफर यौढिन योञ्जन रहेका छन् ।
गीतको बोलले जीवनको संघर्षदेखि सफलताको कथालाई प्रस्तुत गरेको छ भने, हिजो हेर यस्तो थिए म आज कस्तो छु? कस्तो भए भन्ने कुराहरू प्रस्तुत गरिएको छ । करिब ५ मिनेट हाराहारी रहेको भिडियोले संघर्ष गर्दै गयो भने एकदिन अवस्य सफल भईन्छ भन्ने कुरालाई प्रस्तुत गरेको छ ।