शेयर बजार निरन्तर ओरालोतर्फ, कारोबार रकम पनि घट्यो, भोलि के होला ?

शेयर बजार निरन्तर ओरालोतर्फ, कारोबार रकम पनि घट्यो, भोलि के होला ?

बुधवार, साउन २८ २०८२
बुधवार, साउन २८ २०८२
  • शेयर बजार निरन्तर ओरालोतर्फ, कारोबार रकम पनि घट्यो, भोलि के होला ?

    काठमाडौं/ पछिल्ला केहि दिनदेखि शेयर बजार ओरालो लागि रहेको छ । बुधबार नेप्से परिसुचक १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा पुगेर रोकिएको छ । यसअघि मंगलबार नेप्से परिसुचक २७९६.२४ बिन्दुमा पुगेर बन्द भएको थियो । नेप्से निरन्तर रुपमा ओारालो लाग्दा कारोबार रकम पनि घट्दै गएको छ ।

    images
    images

    आज कुल ३२१ स्टकको ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ७३४ रुपैयाँ बराबरको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर कारोबार भएको छ । मंगलबार ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर कारोबार भएको थियो । आज सेन्सेटिभ इन्डेक्स १.६१ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.६९ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६५ अंकले घटेको छ ।

    यसदिन मायाखोला हाइड्रोपावरको शेयर मूल्य २५.०५ रुपैयाँले बढेर ४६१.१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सानीमा लार्ज क्याप फण्डको शेयर मूल्य प्रतिकित्ता ०.४६ रुपैयाँले बढेर ११.११ रुपैयाँमा अन्तिम कारोबार भएको छ । नेपाल रिपब्लीक मिडिया लिमिटेडको शेयर मूल्य प्रतिकित्ता १७.३६ रुपैयाँले बढेर ४९२.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी सप्तकोशी विकास बैंकको शेयर मूल्य प्रतिकित्ता २७.९७ रुपैयाँले बढेर ८६८.१७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    यसदिन कुमारी बैंकको डिबेन्चरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । यसको मूल्य प्रतिकित्ता ११७ रुपैयाँले घटेर १११७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सिकलेस हाइड्रोपावर कम्पनीको शेयर मूल्य यसदिन प्रतिकित्ता ७४.५५ रुपैयाँले घटेर ९५७.९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

     बलेफी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ७.२४ रुपैयाँले घटेर २०२.३५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन बलेफी हाइड्रोपावर, युनाइटेड मोदी इनर्जी, सिव्म सिमेन्ट, नेपाल रिइन्स्योरेनस लिमिटेड र एनआरएन इन्फ्रास्टक्चरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय