images
Logo
images

एनआइसी एशिया लघुवित्तद्वारा बराहक्षेत्र, गौरादह र धरानमा निशुल्क स्वास्थ्य शिविर

एनआइसी एशिया लघुवित्तद्वारा बराहक्षेत्र, गौरादह र धरानमा निशुल्क स्वास्थ्य शिविर

बिहिवार, साउन २२ २०८२
बिहिवार, साउन २२ २०८२
  • एनआइसी एशिया लघुवित्तद्वारा बराहक्षेत्र, गौरादह र धरानमा निशुल्क स्वास्थ्य शिविर

    काठमाडौँ / एनआइसी एशिया लघुवित्तले विभिन्न स्थानमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा शाखा कार्यालयहरू बराहक्षेत्रले १६ गते, गौरादहले १७ गते र धरानले २० गते आ–आफ्नो क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । 

    images
    images

    बराहक्षेत्रको स्थानिय सिंहदेवि विद्यालयमा सञ्चालित शिविरमा ३२ जनाकोे स्वास्थ्य जाँच हुँदा ११ जनाको उपचार गरिएको थियो भने धरानको शिक्षा निकेतन विद्यालयमा ३६ जनाको जाँच तथा १२ जनाको सफल उपचार भएको थियो । त्यसैगरी गौरादहको मदन आश्रित स्मृति भवनमा २९ जनाको जाँच तथा ११ जनाको उपचार भयो ।

    शिविरमा पाइल्स, फिसर र फिस्टुलासँग सम्बन्धित जाँच तथा उपचार गरिएको हो । बनेपामा कर्पोरेट कार्यालय भइ देशैभर २८७ शाखा सञ्जाल सञ्चालनमा रहेको संस्थाले बेला बेलामा वित्तिय साक्षरता, स्वास्थ्य सचेतना, सिपमुलक तालिम दिने लगायतका कार्यक्रम चलाउँदै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय