images
Logo
images

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मोर्बिडेलीका दुई नयाँ मोटरसाइकल T352X र T252X सार्वजनिक, मूल्य कति ?

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मोर्बिडेलीका दुई नयाँ मोटरसाइकल T352X र T252X सार्वजनिक, मूल्य कति ?

बिहिवार, साउन २२ २०८२
बिहिवार, साउन २२ २०८२
  • नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मोर्बिडेलीका दुई नयाँ मोटरसाइकल T352X र T252X सार्वजनिक, मूल्य कति ?

    काठमाडौँ / मोर्बिडेली नेपालले काठमाडौँमा भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा आफ्ना दुई नयाँ एड्भेन्चर मोटरसाइकल मोडेल, टि३५२एक्स र टि२५२एक्स सार्वजनिक गरेको छ । नेपाली बजारमा औपचारिक प्रवेशको घोषणा गरेका यी दुई मोटरसाइकल इटालियन डिजाइन र अत्याधुनिक प्रविधिमा आधारित छ । 

    images
    images

    “यी मोटरसाइकलहरू विशेषगरी नेपाली भूगोल र सडक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएका हुन्,” मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिंग म्यानेजर नवराज घिमिरेले भने, “T352X र T252X मार्फत हामी नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय स्तरको साहसिक अनुभव दिने लक्ष्यसहित अघि बढेका छौं।”

    T352X मोडेल ३४९.२ सीसी ट्विन-सिलिन्डर इन्जिनसहित ४०.९ एचपी पावर र ३१.५ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ। यसमा ६-स्पीड गियरबक्स, बोश डुअल च्यानल ABS, स्लिपर क्लच, - इन्च TFT डिस्प्ले, USD फ्रन्ट फोर्क, मल्टि-लिङ्क सस्पेन्सन र पिरेली स्कॉर्पियन टायर जस्ता विशेषताहरू रहेका छन्। यसको १८ लिटर इन्धन ट्याङ्कीले लामो यात्रा सहज बनाउनेछ। T352X को सोरुम मूल्य ९ लाख ९७ हजार रुपैयाँ तोकिएको भए पनि नाइमा एक्स्पो अवधिभर विशेष अफरमा ९ लाख २३  हजार रुपैयाँमा उपलब्ध हुने जनाइएको छ।

    यता, T252X मोडेल २४९ सीसी ट्विन-सिलिन्डर लिक्विड-कूल्ड इन्जिनसहित ३३.५ एचपी पावर र २१.५ एनएम टर्क दिने क्षमता राख्छ। यो मोडेल विशेषगरी प्रारम्भिक तथा युवा राइडरहरूलाई लक्षित गरी डिजाइन गरिएको हो, जसले स्टाइल, सहजता र आधुनिक सुविधाको संयोजन प्रदान गर्छ। यसमा पनि डुअल च्यानल एबिएस्, स्लिपर क्लच, युएसडी फ्रन्ट फोर्क, टिएफटि डिजिटल डिस्प्ले र १७ इन्च एलोय ह्वील जस्ता फिचरहरू उपलब्ध छन्।

    मोर्बिडेली नेपालले बिक्री पछिको सेवालाई उच्च प्राथमिकतामा राख्दै देशभर सेवा केन्द्रहरूको सञ्जाल विस्तार गर्ने, स्पेयर पार्ट्सको सजिलो उपलब्धता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

    नाइमा एक्स्पोमा स्टल नम्बर सि५ मा पुगेका आगन्तुकहरूले मोर्बिडेली र बेनेलिका मोटरसाइकलहरूमा विशेष छुट, चयनित बेनेलि मोडेलहरूमा १ लाख रुपैइाँसम्मको छुट, निःशुल्क टेस्ट राइड, बुकिङमा उपहार र अन्य विशेष डिलहरू प्राप्त गर्न सक्नेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय