images
Logo
images

कैलालीको गोदाममा सशस्त्र प्रहरीको छापा, ३५ लाख रुपैयाँ बढिको लत्ताकपडासहित नियन्त्रणमा

कैलालीको गोदाममा सशस्त्र प्रहरीको छापा, ३५ लाख रुपैयाँ बढिको लत्ताकपडासहित नियन्त्रणमा

बिहिवार, साउन २२ २०८२
बिहिवार, साउन २२ २०८२
  • कैलालीको गोदाममा सशस्त्र प्रहरीको छापा, ३५ लाख रुपैयाँ बढिको लत्ताकपडासहित नियन्त्रणमा

    कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित गोल मार्केटबाट साउन २२ गते सशस्त्र प्रहरीले ३५ लाख २१ हजार २ सय ४० रुपैयाँ बराबरको लत्ताकपडा सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

    images
    images

    सोही ठाउँमा रहेको राधा गोबिन्द सप्लायर्सको नाममा दर्ता भएको गोदाममा भारतबाट अबैध रुपमा ल्याई लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा सहित सप्लायर्सका संचालक ३४ बर्षिय अंकुश गुप्तालाई समेत नियन्त्रणमा लिइएको जनाएको छ ।
    नं.३४ गण कैलाली, प्रस्ताबित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र कैलाली भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छलिको लत्ताकपडा सहित गोदाम संचालकलाई नियन्त्रणमा लिएको हो ।

     नियन्त्रणमा लिइएको सामान र ब्यक्तिलाई आबश्यक कारबाहिको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सह–प्रवक्ता छ शैलेन्द्र थापाले बताएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय