स्वस्तिक लघुवित्तको आइपिओ साउन ३० गतेदेखि बिक्री खुला

स्वस्तिक लघुवित्तको आइपिओ साउन ३० गतेदेखि बिक्री खुला

बुधवार, साउन २१ २०८२
बुधवार, साउन २१ २०८२
  • स्वस्तिक लघुवित्तको आइपिओ साउन ३० गतेदेखि बिक्री खुला

    काठमाडौँ /स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको छ । 

    images
    images

    कम्पनीले आम सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

    कम्पनीले यसअघि नै कर्मचारी, स्थानीय र विदेशमा रहेका नेपालीहरूका लागि सेयर सुरक्षित गरिसकेको छ । यस आइपिओमा छिटोमा भदौ ३ र ढिलोमा भदौ १३ गते सम्म न्यूनतम् १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । 

    संस्थाको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय