काठमाडौँ / ग्लोबल ब्राण्ड HONOR Pad X9a ले आफ्नो लोकप्रिय ट्याब्लेट HONOR Pad X9a नेपाली बजारमा सार्वजनिक गरेको छ। शक्तिशाली फिचर, स्टाइलिश मेटल डिजाइन र दमदार परफरमेन्स सहितको यो ट्याब्लेट अब नेपालभर उपलब्ध भएको हो।
HONOR Pad X9a मा ११.५ इन्चको ठूलो FullView Display, Snapdragon 685 (6nm) प्रोसेसर र नवीन MagicOS 9.0 रहेको छ, जसले प्रयोगकर्तालाई सहज, स्मूथ र आधुनिक अनुभव प्रदान गर्छ। पातलो मेटल बडी भएको यो ट्याब्लेट हेर्दा आकर्षक मात्र होइन, चलाउन पनि सहज छ।
यसमा रहेको ८३०० mAh ब्याट्री र ३५ W फास्ट चार्जिङ सपोर्ट ले लामो समयसम्म लगातार प्रयोग गर्न सकिने सुविधा दिन्छ – चाहे पढ्न, हेर्न, काम गर्न वा गेम खेल्न होस्, प्रयोगकर्ताले बाधाबिना आफ्नो काम गर्न सक्छन्।
HONOR Pad X9a विशेषतः विद्यार्थीहरू, कन्टेन्ट उपभोग गर्न चाहनेहरू, तथा मल्टिटास्क गर्ने पेशाकर्मीहरू का लागि उपयुक्त ट्याब्लेट हो। प्राविधिक दृष्टिले सक्षम र मूल्यको हिसाबले किफायती यो डिभाइसले दैनिक कार्यहरूलाई अझ सरल बनाउनेछ। यसको मूल्य २५ हजार ९९९ रुपैयाँ कायम गरिएको छ भने नजिकको Efix स्टोर वा अधिकृत मोबाइल विक्रेतामार्फत खरिद गर्न सकिनेछ।