नाइमा नेपाल मोबिलिटी एक्स्पो आजदेखि, ३५ नयाँ मोडल सार्वजनिक हुँदै

नाइमा नेपाल मोबिलिटी एक्स्पो आजदेखि, ३५ नयाँ मोडल सार्वजनिक हुँदै

बुधवार, साउन २१ २०८२
बुधवार, साउन २१ २०८२
  • नाइमा नेपाल मोबिलिटी एक्स्पो आजदेखि, ३५ नयाँ मोडल सार्वजनिक हुँदै

    काठमाडौँ / काठमाडौँको भृकुटिमण्डपमा आज ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु हुँदैछ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज बिहान ९ बजे एक्स्पोको भव्य उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

    images
    images

    ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुन लागेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा)ले जनाएको छ ।

    यो एक्स्पोमा विद्युतीय, इन्धनचालित र हाइब्रिड सवारीसाधनको प्रदर्शनी हुनेछ तर पार्टपुर्जा भने राखिने छैन । ७० देखि ८० हजार मान्छेले एक्स्पोको भ्रमण गर्ने अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय