बुधबारको राशिफल : नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ ?

बुधबारको राशिफल : नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ ?

बुधवार, साउन २१ २०८२
बुधवार, साउन २१ २०८२
  • बुधबारको राशिफल : नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्तिका लागि तपाईँको समय कस्तो चल्दैछ ?

    आज मिति वि.सं.२०८२ साल साउन २१ गते, बुधबार तदनुसार ईश्वी सन् २०२५ अगस्ट ६ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण शुक्लपक्ष, द्वादशी तिथी, मध्यान्ह १२ः४४ बजेपछि त्रयोदशी, मूल नक्षत्र, आनन्दादिमा–ध्वज योग, चन्द्रराशि–धनु, प्रदोष व्रत ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यापार, सेयर बजार र लगानीका लागि अनुकूल समय छ। रोकिएका कामहरू बन्ने र आम्दानी बढ्ने संकेत छन्। सहयोगीहरूको साथले आर्थिक पक्ष सबल बन्नेछ। धार्मिक तथा सेवामूलक कामले प्रतिष्ठा बढाउनेछ। अभाव हटेर दाम, नाम र इनाम प्राप्त हुनेछ। उच्च शिक्षाका लागि लगानीयोग्य अवसरहरू देखिनेछन्। चुनौतीहरू हट्नेछन्, सफलता प्राप्त हुनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    समय मध्यम रहेकाले परिश्रमपछि मात्र फल मिल्नेछ। दुर्घटना, ऋण र रोगको सम्भावना रहेकाले सतर्कता आवश्यक छ। काम दोहोर्याउनुपरे पनि सफलता सम्भव छ। शरीरमा कमजोरी र मानसिक तनावको अनुभव हुनेछ। गोप्य कुराहरू चुहिन सक्छन्। तापनि केही आश्चर्यजनक आम्दानीका अवसर प्राप्त हुनेछन्। शुभचिन्तकहरूको साथले कठिनाइ पार गर्न सकिनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यापार, ब्राण्डेड वस्तु र सेयर बजारमा लगानीका लागि अनुकूल समय छ। आम्दानी बढ्नेछ भने नयाँ काम पाउने सम्भावना छ। व्यवसायिक यात्रा सफल हुनेछ। अध्ययन, प्रेम र मित्रता सुदृढ बन्नेछन्। खर्च बढ्न सक्नेछ, सतर्कता आवश्यक छ। बुद्धिको प्रयोगले फाइदा मिल्नेछ। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    माया प्रेम र पारिवारिक जीवन सन्तोषजनक रहनेछ। व्यापार, लगानी र प्रतिस्पर्धाबाट आम्दानी बढ्नेछ। रोकिएका काम बन्दै आर्थिक लाभ प्राप्त हुनेछ। पुराना ऋण चुक्ता र रोग ठीक हुने सम्भावना छ। स्रोत जुट्नेछ, नयाँ काम सुरु हुनेछ। अति आत्मविश्वासबाट बच्नुपर्छ। खर्च बढ्न सक्छ। मेहनतले सफलता दिलाउनेछ। न्यायिक निर्णयमा सफलता मिल्नेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यापार, सेयर बजार र अनलाइन कारोबारबाट आम्दानी बढ्नेछ। स्थायी सम्पत्ति र उपहार प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ। प्रेम र पारिवारिक सम्बन्ध सुधारिनेछन्। सहयोगी र शुभचिन्तकहरूको साथले लक्ष्यमा पुग्न मद्दत हुनेछ। लगनशील प्रयासले नयाँ फाइदाका अवसर खुल्नेछन्।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    पढाइ, व्यापार र राजनीति क्षेत्रमा समय मध्यम रहनेछ। आफन्त टाढिनुका साथै पारिवारिक मनमुटाव सम्भव छ। कृषि, पशुपालन र घरेलु काममा आम्दानीको अवसर हुनेछ। सहयोगीहरूबाट धोका हुन सक्नेछ, सतर्क रहनुपर्छ। प्रेम र मित्रताको सम्बन्ध बलियो हुनेछ। प्रयत्न दोहोर्याउँदा सफलता मिल्नेछ। प्रतिष्ठा बढ्न सक्छ, समय उपयोग गर्नुपर्छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    न्यायिक निर्णय, प्रतिस्पर्धा र व्यापारमा सफलता मिल्नेछ। उद्योग, सेयर बजारमा लगानीका लागि अनुकूल समय छ। पढाइ, खेलकुद र प्रेम सम्बन्धमा प्रगति हुनेछ। जीवनसाथी र आफन्तको सहयोग पाइनेछ। हिम्मत र लगनशीलताले छोटो समयमा उपलब्धि मिल्नेछ। स्रोत जुट्नेछ। रोकिएको काम बन्दै नयाँ काम सुरु हुने समय आएको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापार र सेयर बजारबाट लाभ हुने समय छ। सापटी धन फिर्ता हुने सम्भावना छ। अध्ययन, गीत(संगीत, मोडलिङमा सफलता मिल्नेछ। परिवारको सहयोगले चिताएको काम बन्नेछ। भौतिक साधन जुट्नेछन्। बोलीको प्रभाव बढ्नेछ। कमजोरी सुधारिनेछ। मिहिनेतले सम्मान र धन दिलाउनेछ। आम्दानीका स्रोत विस्तार हुनेछ। नाम, दाम र इनाम प्राप्त हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    अध्ययनमा सुधार हुँदै अग्रस्थानमा आउनेछ। परिवारसँग रमाइलो भोजनको अवसर मिल्नेछ। मेहनत र जुझारूपनले लक्ष्य प्राप्ति सहज हुनेछ। व्यवसाय फस्टाएर लगानी र आम्दानी बढ्नेछ। राजनीतिमा पद प्राप्त हुने सम्भावना छ। मान प्रतिष्ठा बढ्नेछ। व्यक्तित्व निखारिनेछ। सहयोगीहरूको साथले उत्साह बढ्नेछ। रमाइलो जमघट र नयाँ अवसर प्राप्त हुनेछन्।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    स्वदेशी सामानको उत्पादन घट्ने, विदेशी व्यापार फस्टाउनेछ। वित्तीय लगानीमा केही समय कुर्नुपर्नेछ। स्वास्थ्य समस्या र यात्रा असजिलो हुन सक्छ। माया प्रेममा मनमुटाव हुनेछ। खर्च र आर्थिक संकट बढ्न सक्छ। विदेशबाट राम्रो सूचना आउनेछ। अध्यात्ममा मन लाग्नेछ। ऋण लिएर लगानी बढाउने अवसर आउँछ। यात्रा र सहयोगले सफलता मिल्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    व्यापार र सेयर बजारमा लगानीले आर्थिक क्षेत्र बलियो हुनेछ। प्राकृतिक स्रोत र सम्पत्तिको उपयोगले मनग्गे आम्दानी हुनेछ। रमाइलो जमघट र यात्राको अवसर मिल्नेछ। मेहनतले नयाँ आम्दानीका स्रोत फेला पार्नेछ। रोकिएका कामले गति लिनेछन्। दिगो फाइदाको लागि लगानी बढाउनुपर्नेछ। केही खर्च र कर्जा आए पनि लाभ हुनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    समाजमा नेतृत्वदायी भूमिका लिएर मान–सम्मान बढ्नेछ। नयाँ काम र नोकरीमा बढुवा हुने समय छ। व्यापार, सेयर बजार र कृषि–पशुपालनमा लगानी लाभदायी हुनेछ। अध्ययनमा प्रविधि प्रयोग गरी प्रगति हुनेछ। गरिएका कामको मूल्यांकन राम्रो हुनेछ। राजनीतिक सक्रियता बढ्नेछ। मिहिनेतले लक्ष्य पुर्याउनेछ। नाम, दाम, इनाम र पद प्राप्त हुने समय हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय