नाइमा मोबिलिटी एक्स्पोमा टीभीएसले प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय सुरु गर्ने

नाइमा मोबिलिटी एक्स्पोमा टीभीएसले प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय सुरु गर्ने

मंगलवार, साउन २० २०८२
मंगलवार, साउन २० २०८२
  • नाइमा मोबिलिटी एक्स्पोमा टीभीएसले प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय सुरु गर्ने

    नेपालकै सबैभन्दा ठूलो अटो र मोबिलिटी प्रदर्शनी दाबी गरिएको नाइमा मोबिलिटी एक्स्पो २०२५ साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ। 

    images
    images

    पाँच दिनसम्म चल्ने उक्त एक्सपोमा ५० भन्दा बढीअन्तर्राष्ट्रिय तथा स्थानीय ब्रान्डहरू सहभागी हुनेछन् । जहाँ विद्युतीय सवारी, हाइब्रिड, र वातावरणमैत्री मोबिलिटी समाधानहरू प्रदर्शन गरिनेछ।

    उक्त एक्सपोमा, टिभीएसले नेपाली बजारका लागि निकै प्रतिक्षित प्रिमियम कनसेप्ट मोटरसाइकलहरू, आईसीइ इन्जिन तथा इलेक्ट्रिक स्कुटरहरूको नयाँ सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ । 

    टिभिएसको स्टल एल३ए (हल बि)मा प्रस्तुत गरिने नयाँ मोडेलहरूमा रोनिन, स्पोर्टी एनतोर्क, स्मार्ट इलेक्ट्रिक स्कूटर आईस्य्य, र विश्वासिलो जुपिटर लागेतका २–व्हीलर सवारीहरु रहनेछन् ।

    साथै, ब्रान्डको इनोभेसनप्रतिको प्रतिवद्धता झल्काउने कस्टम बाइक तथा फ्यूचरिस्टिक कनसेप्ट बाइकहरू पनि पहिलोपटक सार्वजनिक गरिने टिभिएसले जनाएको छ । 

    टिभिएसको स्टलमा आउने सबैलाई रमाइलो अनुभव मिल्नेछ, दैनिक लक्की ड्रबाट आकर्षक उपहार जित्ने मौका, रेजिस्ट्रेसन गर्ने हरेक दिन सहभागीहरूलाई टिभिएस प्रिमियम हेल्मेट, र अन्ततः ग्राहकहरूको विश्वास जित्ने सबै टिभिएस प्रडक्तहरूमा लाइफटाइम वारेन्टी जस्ता विशेष योजनाहरू यस वर्षको मुख्य आकर्षण हुनेछन्।

    नाइमा २०२५ ले नेपालको अटो इतिहासमै सबैभन्दा ठूलो इभेन्टको रूपमा पहिचान बनाउने अपेक्षा गरिएको छ। नयाँ पुस्ताका मोटरसाइकलहरूको अनुभव लिनका लागि टिभिएस स्टल एलइए तथा हल विः मा जान कम्पनीले अवलोकनकर्ताहरूलाई आग्रहसमेत गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय