माबिलुङ इनर्जी लिमिटेडको आइपिओ आजदेखि निष्कासनमा

माबिलुङ इनर्जी लिमिटेडको आइपिओ आजदेखि निष्कासनमा

सोमवार, साउन २६ २०८२
सोमवार, साउन २६ २०८२
  • माबिलुङ इनर्जी लिमिटेडको आइपिओ आजदेखि निष्कासनमा

    काठमाडौँ / माबिलुङ इनर्जी लिमिटेडले आजदेखि आमसर्वसाधारणका लागि आइपिओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ । 

    images
    images

    कम्पनीले कुल जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता साधारण सेयर निष्कासनमा ल्याएको हो ।

    कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा (सङ्खुवासभा जिल्लाका केही वडा) र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि क्रमशः १०–१० प्रतिशत सेयर छुट्याएर जारी गरिसकेको छ ।

    प्रति कित्ता १०० रुपैयाँ अंकित आइपिओको लाागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

    इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको आस्वा सेवा प्रयोग गरी वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

    यो आइपिओ छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गतेसम्म खुला रहनेछ भने यसको बिक्री व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय