नाइमा मोबिलिटी एक्स्पो भोलिदेखि भृकुटिमण्डपमा : एक्स्पो सम्बन्धित उत्कृष्ट भिडिओ बनाउनेलाई आकर्षक नगद पुरस्कार

नाइमा मोबिलिटी एक्स्पो भोलिदेखि भृकुटिमण्डपमा : एक्स्पो सम्बन्धित उत्कृष्ट भिडिओ बनाउनेलाई आकर्षक नगद पुरस्कार

मंगलवार, साउन २० २०८२
मंगलवार, साउन २० २०८२
  • नाइमा मोबिलिटी एक्स्पो भोलिदेखि भृकुटिमण्डपमा : एक्स्पो सम्बन्धित उत्कृष्ट भिडिओ बनाउनेलाई आकर्षक नगद पुरस्कार

    काठमाडौँ / नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा)को आयोजनामा भोलिदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु हुने भएको छ ।

    images
    images

    नेपालकै ठूलो प्रर्दशनी दाबी गरिएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरू लन्च गरिने भएको भने ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुने भएका छन् । 

    आयोजकका अनुसर भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने छन् भने विद्युतीय सवारी साधनदेखि नवीनतम् मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने छ । 

    प्रर्दशनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मगि गाडीहरू सार्वजनिक हुनेछन् । यसबाहेक संस्थाले प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता पनि सार्वजनिक गरेको छ ।

    प्रतियोगितामा २१ साउनसम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई १ लाख र साउन २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरू प्रत्येकलाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

    कार्यक्रममा नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले नाइमा मोबिलिटी एक्स्पो 
    २०२५ नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास व्यक्त गरेकी छन् । 

    यसका साथै प्रर्दशनीको पाँचौ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने प्यानल डिस्कसन हुने आयोजकले जानकारी दिएको छ । 

    नाइमा मोबिलिटी एक्स्पो भोलि अर्थात साउन २१ देखि सुरु हुनेछ भने २५ गतेसम्म काठमाडौँको भृकुटिमण्डपमा चल्नेछ । प्रर्दशनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय