यती एअरलाइन्स प्रायोजित ‘वुमन विथ द विङ्गस’ प्रतियोगिता सम्पन्न, नतिजा मिस नेपालको ग्राण्ड फिनालेमा सार्वजनिक गरिने

यती एअरलाइन्स प्रायोजित ‘वुमन विथ द विङ्गस’ प्रतियोगिता सम्पन्न, नतिजा मिस नेपालको ग्राण्ड फिनालेमा सार्वजनिक गरिने

आइतवार, साउन १८ २०८२
आइतवार, साउन १८ २०८२
  • यती एअरलाइन्स प्रायोजित ‘वुमन विथ द विङ्गस’ प्रतियोगिता सम्पन्न, नतिजा मिस नेपालको ग्राण्ड फिनालेमा सार्वजनिक गरिने

    पोखरा / मिस नेपाल २०२५ का सहभागीहरूबीच यती एअरलाइन्सद्वारा प्रायोजित विशेष सबटाइटल ‘वुमन विथ द विङ्गस’को प्रतियोगिता पोखरामा सम्पन्न भएको छ । 

    images
    images

    आत्मविश्वास, प्रस्तुतिको शैली, विचारशिलता र प्रेरणादायक व्यक्तित्वका आधारमा सम्पन्न प्रतियोगितामा २६ जना प्रतिस्पर्धीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

    ‘वुमन विथ द विङ्गस’ सबटाइटल आत्मविश्वासी, सक्षम र प्रेरणादायी महिलाको पहिचानका लागि यती एअरलाइन्सले प्रदान गर्ने सम्मान हो । यस उपाधिको माध्यमबाट यती एअरलाइन्सले महिलाको सशक्तीकरण, नेतृत्व क्षमता र समावेशी भूमिकालाई प्रोत्साहन गर्दै आइरहेको छ ।

    प्रतियोगितामा सहभागी युवतीहरूले व्यक्तिगत अनुभव, सामाजिक सोच र भविष्यप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै सशक्त रूपमा अभिव्यक्ति दिएका थिए । 

    प्रतियोगिताको निर्णायक मण्डलमा यती एअरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्ट, द हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्निकार, नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, नटराज ज्वेलर्सका निर्देशक अनुराज सरोगी र स्किन आर्ट्स एस्थेटिककी निर्देशक स्वप्निल शर्मा रहेका थिए । जज प्यानलले सहभागीहरूलाई विभिन्न सूचकांकको आधारमा मूल्याङ्कन गर्दै उत्कृष्ट प्रतिस्पर्धीको छनौट गरेका हुन् ।  

    द हिडन टे«जरको आयोजनामा हुने मिस नेपाल प्रतियोगितामा ‘वुमन विथ द विङ्गस’ उपाधि महिलाको नेतृत्व क्षमतालाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको हो । 

    yati news.JPG

    उचाइको प्रतीक बनेर अरूका लागि प्रेरणा दिन सक्ने सामर्थ्य राख्ने आत्मविश्वासी नेपाली युवतीहरूका प्रतिभालाई उजागर गर्दै यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यसप्रकारको पहल गर्दै आएको छ । 

    प्रतियोगिताको नतिजा भने आगामी भदौ १४ गते राजधानीमा आयोजना हुने मिस नेपाल २०२५ को ग्राण्ड फिनालेमा सार्वजनिक गरिने छ ।

    यती एअरलाइन्सका अनुसार, ‘वुमन विथ द विङ्गस’ उपाधि विजेताले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन हुने विभिन्न अभियान तथा कार्यक्रमहरूमा प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् । 

    विजेताले एक वर्षको अवधिमा यती एअरलाइन्सका तर्फबाट महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षणजस्ता विषयमा केन्द्रित कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउनेछिन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय