नयाँ दिपल एस०७ आईसीए सार्वजनिक : ‘५ वर्षसम्म शून्य खर्च’ अफर, केके छन् विशेषता ?

नयाँ दिपल एस०७ आईसीए सार्वजनिक : ‘५ वर्षसम्म शून्य खर्च’ अफर, केके छन् विशेषता ?

आइतवार, साउन १८ २०८२
आइतवार, साउन १८ २०८२
  • नयाँ दिपल एस०७ आईसीए सार्वजनिक : ‘५ वर्षसम्म शून्य खर्च’ अफर, केके छन् विशेषता ?

    काठमाडौँ / नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभि ब्रान्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले लोकप्रिय एसयुभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आईसीसी नेपाली बजारमा ल्याएको छ । 

    images
    images

    नेपालको लक्जरी इभि सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत इभिको अनुभवलाई नयाँ उचाइमा पु-याउने अपेक्षा गरिएको छ । 

    नेपालको सबैभन्दा सुन्दर इभिका रूपमा आफूलाई स्थापित गर्न सफल दिपल एस०७ आईसीए भेरियन्ट नयाँ एक्साइटिंग कलर नेबुला ब्लु मा पनि उपलब्ध हुनेछ । 

    यो नयाँ कारको एलोइ ह्विललाई पनि अझ आकर्षक बनाइएको छ । दिपल एस०७ आईसीएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ जसले ४१० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिनेछ । 

    नयाँ दिपल एस०७ आईसीए अपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर इभि भएको कम्पनीको दावी छ ।  

    एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, “नेपालमा सार्वजनिक भएको डेढ वर्षमै अहिले ९५० वटा दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । यो नयाँ इभिको सार्वजनिकीकरणले एमएडब्लु नेपालको इभि क्रान्तिलाई नेतृत्व दिन प्रतिबद्ध छ भन्ने दर्शाउँछ ।” 

    नयाँ पुस्ताको कनेक्टिभिटीले पहिलेभन्दा स्मार्ट

    नयाँ दिपल एपमा ग्राहकलाई कारसँग बिना रोकतोक अन्तर्क्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ । 

    कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिंङको अवस्था बुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ । साथै यसमा ४जी५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा रहेको छ । 

    लक्जरी र प्रविधिको नयाँ उचाइ

    दिपल एस०७ आईसीएमा आफ्नो ट्रेन्डसेटिंग सुन्दरता र अत्याधुनिक प्रविधिमार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँमानक स्थापित गर्नेछ । यसको टाइमलेस डिजाइन र १० भन्दा बढी अझै पनि अन्य इभिमा नभएका इन्डस्ट्री फस्र्ट फिचरले दिपलको भिजनलाई दर्शाउँछ । 

    यसमा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, हाइपर्फर्मेन्स क्वालकम ८१५५ चिप, एल२.५ अटोनमस ड्राइभिङ असिस्ट्यान्स सिस्टम, १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर र फ्लस ह्यान्डल र १.९ स्वायर मिटरको पाना ेरामिकग्लास रुफलले प्रिमियम क्याबिन एक्सपिरियन्स दिन्छ ।

    ‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ अफर

    दिपल एस०७ र्आइसीएको लन्चकै अवसरमा एमएडब्लु वृद्धिले बेजोड स्किम ‘जेरो ओनरसिप कस्ट फर फाइभ इयर’ सार्वजनिक गरेको छ । यो स्किममा ग्राहकले दिपल इभिमा पाँच वर्षसम्म कुनै खर्च गर्नुपर्ने छैन ।

    दिपल एस०७ को ग्राहकले पाँचवर्षका लागि अटोप्लस इन्स्योरेन्स, पेरियोडिक मेन्टेनेन्स कस्ट, इलेक्ट्रिसिटी कस्ट र रोड ट्याक्स पाउनु हुनेछ । यो स्किममार्फत ग्राहकले नेपालकै नं १ लक्जरी इभि दिपल एस०७ सहजैसँग खरिद गर्न सक्नुहुनेछ ।

    नयाँ दिपल एस०७ आईसीएले आफ्नो आइकनिक डिजाइन, इन्टेलिजेन्ट इनोभेसन र बेजोड ओनरसिप स्किममार्फत इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा आफ्नो नं १ स्थानलाई निरन्तरतादिने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय