बिमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक : अध्यक्ष मल्ल

बिमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक : अध्यक्ष मल्ल

आइतवार, साउन १८ २०८२
आइतवार, साउन १८ २०८२
  • बिमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक : अध्यक्ष  मल्ल

    नेपाल निर्जीवन बिमा व्यवसायी संघका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको बिमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरीहार्य रहेको बताएका छन् । 

    images
    images

    बिमा क्षेत्रमा नीतिगत सुधारसँगै प्रविधीयुक्त बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । उनले भने, “अबको बिमा प्रविधिसँग जोडिनुपर्छ, यसले पारदर्शिता र सेवा प्रभावकारिता दुवैमा सुधार ल्याउँछ ।”

    नेपालको बिमा क्षेत्र दिन प्रतिदिन सुदृढ बन्दै गएको र आगामी दिनमा यो क्षेत्रलाई पुर्ण प्रविधिमैत्री बनाउन सकिए वित्तीय पारदर्शिता समेत कायम गर्न सकिने अध्यक्ष मल्लले बताए । 

    प्रभु इन्स्योरेन्सका अध्यक्षसमेत रहेका अध्यक्ष मल्लले कम्पनीका तर्फबाट आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस घोषणा गर्न सकिएको गर्व गर्दै भने, “यो उपलब्धि कम्पनीको सेवा, पारदर्शिता र प्रतिबद्धताको प्रतिफल हो । हामी बिमितहरूप्रति अझ जिम्मेवार हुँदै आगामी दिनमा द्रुत र समयमै दावी भुक्तानी गर्ने कुरामा प्रतिबद्ध छौँ ।”

    ‘बिमा गरौँ ढुक्क बनौँ’ भन्ने नारालाई व्यवहारमा उतार्नका लागि प्रभावकारी सेवा प्रवाह आवश्यक रहेको अध्यक्ष मल्लले बताए ।

    उनले थपे, “बिमा भनेको पीडा, विपद् र जोखिमका समयमा सेवा गर्ने क्षेत्र हो । हामीले जनतालाई यो विश्वास दिलाउनु समेत जरुरी छ ।”

    अध्यक्ष मल्लले बिमा क्षेत्रलाई मजबुत बनाउन निजी तथा सरकारी क्षेत्र दुई सिक्काका दुई पाटा जस्तै सँगै अघि बढ्नुपर्ने आवश्यकतामा समेत जोड दिए । 

    बिमा सेवालाई गाउँ–गाउँ पु-याउने, आम सर्वसाधारणलाई बुझ्ने भाषामा बिमाको महत्त्व बुझाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय