काठमाडौँ / प्रिज्मा एड्भर्टाइजिङले ब्रान्डलरेट स्पेशल लिमिटेड एडिसन बेस्टब्रान्ड्स अवार्ड २०२५ जितेको छ । प्रिज्माले ब्रान्ड इन्फ्लुएन्सर क्रिएटिभ एन्ड ब्रान्डिङ सोलुसन्स श्रेणीमा सम्मान प्राप्त गरेको हो ।
यो अवार्डले एजेन्सीको रणनीतिक ब्रान्डिङ र सांस्कृतिक रूपमा प्रभावशाली कथावस्तु निर्माणमा अग्रणी भूमिकाको कदर गरेको छ ।
उक्त सम्मान ३१ जुलाई २०२५ मा सिंगापुरको सांग्रीला होटलमा आयोजित समारोहमा प्रदान गरिएको थियो, जहाँ प्रिज्मा एड्भरटाइजिङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य र महाप्रबन्धक शरद शाहीले एजेन्सीको तर्फबाट यो सम्मान ग्रहण गरेका थिए ।
विश्व ब्रान्ड्स फाउन्डेसनद्वारा आयोजित ब्रान्डलरेट अवाड्र्सले विश्वका सबैभन्दा प्रतिष्ठित, प्रभावशाली र प्रभावकारी ब्रान्डहरूलाई सम्मानित गर्छ । आफ्नो २०औँ वर्ष प्रवेश गरेको अवसरमा फाउन्डेसनको लिमिटेड एडिसन वार्षिकोत्सव अवार्डले रचनात्मकता, रणनीति र दीर्घकालीन ब्रान्डको पहिचान, मूल्य र प्रतिष्ठामार्फत् उद्योगलाई पुनर्जनन् गर्ने विश्वव्यापी ब्रान्ड लिडरहरूलाई सम्मान गर्छ ।
अन्तर्राष्ट्रियस्तरको मनोनयनहरूको प्रतिस्पर्धात्मक क्षेत्रबाट छनोट भएको प्रिज्माले आफ्नो ब्रान्ड प्रभाव र नवीन रचनात्मक रणनीतिका लागि विशिष्ट पहिचान बनायो । यो मान्यताले नेपालको रचनात्मक उद्योगका लागि महत्वपूर्ण कोसेढुङ्गा हो र प्रिज्मालाई विश्वव्यापी ब्रान्ड नवप्रवर्तकहरूको सम्मानित समूहमा स्थापित गरेको छ ।
उक्त कार्यक्रममा प्रिज्मा एड्भर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले भने, “ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड हाम्रो टिमको निरन्तर मेहनत, सिर्जनात्मक सोच र नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने हाम्रो अठोटको प्रमाण हो । हामी विश्वास गर्छौं कि प्रामाणिकता र साहसमा आधारित विचारहरूले हरेक सीमालाई पार गर्न सक्छन् । यो सम्मानले हामीलाई अझ ठूलो सम्भावनाको खोजी गर्न र हाम्रा दृष्टिकोणहरूलाई विस्तार गर्न थप प्रेरणा मिलेकोे छ ।”
प्रिज्मा एड्भर्टाइजिङ ब्रान्डलरेट अवाड्र्सबाट मान्यता प्राप्त गर्ने पहिलो नेपाली कम्पनी हो, जुन नेपालका लागि गर्विलो र ऐतिहासिक क्षण हो । यो अवार्डले विगतमा कोका–कोला, नेस्ले, युनिलिभर, सामसङ इलेक्ट्रोनिक्स, टोयोटा, आइबीएम र जिमी चू जस्ता विश्व सम्मानित व्यापार, रचनात्मकता र संस्कृतिका नामहरूलाई सम्मानित गरेको छ ।
ओगिल्वी मलेसिया, डेन्ट्सु सिङ्गापुर र लियो बर्नेट भियतनाम जस्ता अग्रणी एजेन्सीहरूका साथै क्रिस्टियानो रोनाल्डो, नास डेली र निकोल एन डेभिड जस्ता प्रभावशाली व्यक्तित्वहरू पनि विगतका विजेताहरूमा समावेश छन् ।
“विश्वस्तरका उत्कृष्ट ब्रान्डहरूबीच उभिन पाउनु हाम्रो लागि र नेपालका लागि गर्वको क्षण हो,” प्रबन्धक शरद शाहीले भने । यो अवार्डले नेपालबाट विश्वसम्म पु-याउने साहसी र अर्थपूर्ण ब्रान्ड निर्माणमा समर्पित ३५ वर्षको हाम्रो यात्रालाई सम्मान गरेको छ ।
यो सम्मानले दक्षिण एसियामा प्रिज्मा एड्भर्टाइजिङको सिर्जनात्मक नेतृत्वको स्थानलाई थप बलियो बनाएको छ । यो एजेन्सीले उपभोक्ता वस्तु, दूरसञ्चार, वित्त र प्रविधि क्षेत्रहरूमा वृद्धि, प्रतिभा पोषण र परिणामहरू प्रदान गर्ने ब्रान्ड कथाहरू निर्माण गर्छ ।