श्रीलंकाको भन्सार विभागले सन् २०२५ को पहिलो सात महिनाको अवधिमा करिब १.२ ट्रिलियन श्रीलंकाली रुपैयाँ (झण्डै ४ अर्ब अमेरिकी डलर) बराबरको राजस्व सङ्कलन गरेको जनाएको छ।
श्रीलंका भन्सार विभागका प्रवक्ता सिवाली अरुकगोदाका अनुसार, विभागले केवल जुलाई महिनामै २३१ अर्ब रुपैयाँ (करिब ७७ करोड अमेरिकी डलर) राजस्व सङकलन गर्न सफल भएको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मासिक राजस्व हो।
यो राजस्व मुख्यतः सवारीसाधन आयातमा लाग्ने करमार्फत प्राप्त भएको बताइएको छ।
प्रवक्ता अरुकगोदाले थप जानकारी दिँदै, करिब २८ हजार सवारीसाधनमा कर लगाई विभागले करिब ३०० अर्ब रुपैयाँ (झण्डै १ अर्ब अमेरिकी डलर) राजस्व सङ्कलन गरेको उल्लेख गरे।
श्रीलंकाली सरकारले सन् २०२५ का लागि भन्सार विभागमार्फत २.११५ ट्रिलियन रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ।
अहिलेसम्मको तथ्याङ्कअनुसार, विभागले सो लक्ष्यभन्दा ११६ अर्ब रुपैयाँले बढी राजस्व सङ्कलन गरिसकेको प्रवक्ता अरुकगोदाले जानकारी गराए ।