गैडाकोट / नेपालका उपभोक्तालाई अन्तर्राष्ट्रिय गुणस्तरको ऊर्जा पेय उपलब्ध गराउँदै आएको ‘रेड बुल नेपाल’ले ISO 22000:2018 प्रमाणपत्र प्राप्त गरेको छ ।
सरस बेभरेजद्वारा सञ्चालित अमरापुरीस्थित अत्याधुनिक उत्पादन केन्द्रले विश्वव्यापी खाद्य सुरक्षा व्यवस्थापन प्रणालीको मान्यता प्राप्त मापदण्ड पूरा गर्दै उक्त प्रमाणपत्र प्राप्त गरेको हो ।
यो उपलब्धिले रेड बुलको हर एक क्यानमा गुणस्तर, सरसफाई र उपभोक्ता सुरक्षाप्रतिको गहिरो प्रतिबद्धता प्रस्टसँग उजागर गर्ने सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवाल बताउँछन् ।
ISO 22000 प्रमाणपत्रले कच्चा पदार्थको छनोटदेखि अन्तिम प्याकेजिङ्गसम्मका सम्पूर्ण प्रक्रियाहरूलाई अन्तर्राष्ट्रिय खाद्य सुरक्षा मापदण्ड अनुसार संचालन गरिएको पुष्टि गर्दछ।
यो प्रमाणिकरणको साथ, रेड बुलले उपभोक्ताप्रति भरोसा दिलाउने पेयको रुपमा आफ्नो स्थानलाई झनै मजबुत बनाएको उल्लेख गर्दै उनले अब ढुक्क भएर पिउन सकिने बताए ।
नेपालमै बनेको, विश्वस्तरीय ब्रान्ड
रेड बुल एनर्जी ड्रिंक नेपालमै सरस बेभरेजद्वारा उत्पादन हुँदै आएको छ। अमरापुरीस्थित यो ग्रिनफिल्ड उत्पादन केन्द्र अत्याधुनिक प्रविधि, पूर्ण स्वचालित प्रणाली, र विश्वस्तरका सुरक्षा तथा वातावरणीय प्रोटोकलहरूमा आधाारित रहेर सञ्चालन हुँदै आइरहेको छ ।
कारखानाको आधाभन्दा बढी ऊर्जा आवश्यकताहरू नवीकरणीय स्रोतहरूबाट पूरा गरिने कम्पनीले जनाएको छ । यसले रेड बुलको दिगो उत्पादनप्रतिको प्रतिबद्धतालाई प्रष्ट पार्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निर्देशक सिलवाल भन्छन्, ISO 22000 प्रमाणपत्रले हाम्रो अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको दक्षता र प्रतिबद्धतालाई पुष्टि गरेको छ। अमरापुरी कारखाना रेड बुललाई नेपालमा अझ बढी विश्वासिलो र गर्विलो ब्रान्डका रूपमा स्थापित गर्न सहयोगी बन्नेछ।”
“ISO 22000 प्रमाणपत्र प्राप्त गर्नु हाम्रो खाद्य सुरक्षा तथा उत्पादन गुणस्तरप्रतिको गहिरो प्रतिबद्धताको प्रमाण हो,” सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले भने, “हामी गौरवान्वित छौँ कि हाम्रो अमरापुरीस्थित कारखानाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार मात्र होइन, त्यसभन्दा माथि उठेर खाद्य सुरक्षा, उत्पादन गुणस्तर, र सञ्चालन दक्षतामा उत्कृष्टता हासिल गरेको छ। यस उपलब्धिले नेपालमा रेड बुललाई अझ विश्वासिलो, उच्च–गुणस्तरीय र विश्वसनीय ब्रान्डका रूपमा स्थापित गरेको छ।”
ISO 22000 प्रमाणिकरण प्राप्त गरेसँगै, नेपाल अब रेड बुल उत्पादन गर्ने विश्वका पाँच देशहरूमध्ये एक बन्न पुगेको कम्पनीको दाबी छ । कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ “ISO 22000 प्रमाणिकरण प्राप्त गरेसँगै, नेपाल अब रेड बुल उत्पादन गर्ने विश्वका पाँच देशहरूमध्ये एक बन्न पुगेको छ, आफैँमा रेड बुलको नेपालप्रतिको विश्वासको प्रमाण हो। यो पहलले केवल स्थानीय रोजगारी र आर्थिक वृद्धिमा टेवा दिँदैन, नेपाल–थाइल्याण्डबीचको व्यापारिक सहकार्यलाई समेत मजबुत बनाउँछ ।”
रेड बुल नेपालले यो उपलब्धिलाई आफ्ना आगामी सञ्चार सामग्री, विज्ञापन र ब्रान्ड संवादहरूमा प्रमुख रूपमा प्रस्तुत गर्ने योजना बनाएको निर्देशक सिलवालले बताए । यसको प्रमुख उद्देशय उपभोक्ताले हरेक क्यानमा केवल ऊर्जा मात्र होइन, आत्मविश्वास र भरोसा पनि अनुभूति गर्न सकून् भन्ने रहेको उनले जानकारी दिए ।