सेयर बजारमा पहिरो : कारोबार रकम १३ अर्ब ७ करोड, कसले कति गुमाए ?

सेयर बजारमा पहिरो : कारोबार रकम १३ अर्ब ७ करोड, कसले कति गुमाए ?

आइतवार, साउन १८ २०८२
आइतवार, साउन १८ २०८२
  • सेयर बजारमा पहिरो : कारोबार रकम १३ अर्ब ७ करोड, कसले कति गुमाए ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ६३.७३ अङ्कले घटेर २८५८.९० बिन्दुमा झरेको हो । यो २.१८ प्रतिशतको गिरावट हो ।

    images
    images

    आज ३१९ कम्पनीको ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर एक लाख ५२ हजार ५१८ पटक खरिदबिक्री हुँदा रु. १३ अर्ब ७ करोड ५० लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । 

    सबैभन्दा बढी लघुवित्त समूह ३.०५, बैंकिङ २.२७, लगानी २.१९, जीवन बिमा २.१६ र उत्पादन तथा प्रशोधन समूह २.४३ प्रतिशतले घटेको छ । 

    विकास बैंक १.६६, वित्त १.६६, होटल तथा पर्यटन १.१७, जलविद्युत् १. ३०, म्युचुअल फण्ड एक, निर्जीवन बिमा १.७३ र व्यापार १.४३ प्रतिशतले घटेको छ । 

    आजको कारोबारमा ट्रेड टावर लिमिटेड र शिवश्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सान्भी इनर्जी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु. ७५ करोड ३९ लाख ६४ हजार ८६५ बराबरको कारोबार भएको छ । 

    कारोबार भएका सेयर सङ्ख्याका आधारमा सनराईज ब्लुचिप फण्डको सबैभन्दा बढी १२ लाख ४९ हजार ४१६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय