काठमाडौँ / साउन महिनाको सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भक्तजनहरूलाई लक्षित गरी गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालले निःशुल्क बस सेवा प्रदान गरिरहेको छ ।
पशुपति विकास कोषसँगको सहकार्यमा मयुर यातायातको बसमार्फत पहिलो र दोस्रो सोमबार बिहान ४ बजेदेखि १० बजेसम्म निःशुल्क बस सेवा प्रदान गरिएकोमा अब आउने तेस्रो सोमबार साउन १९ गते र चौथो सोमबार साउन २६ गतेका दिन उक्त बस सेवा विहान ५ बजेदेखि सञ्चालन हुने बताएको छ ।
पहिलो नम्बरको रुट बल्खुबाट सुरु भई एकान्तकुना, सातदोबाटो, कोटेश्वर, तिनकुने, एयरपोर्ट हुँदै पशुपतिनाथ मन्दिरसम्म पुग्नेछ ।
दोस्रो नम्बरको रुट बल्खुबाट सुरु भई नयाँ बसपार्क, कलंकी, स्वयम्भु, नारायणगोपाल चोक, चाबहिल हुँदै पशुपतिनाथ मन्दिरसम्म सेवा उपलब्ध हुनेछ।
बस सेवा पूर्ण रूपमा निःशुल्क रहेको हुँदा सबै भक्तजनलाई बिहान ५ बजेदेखि उपरोक्त रुटमा सञ्चालन हुने बस सेवा प्रयोग गरी लाभ लिन बैंकले आग्रह गरेको छ ।
साउन महिनामा पशुपतिनाथ मन्दिरमा श्रद्धालुहरूको अत्यधिक भीड हुने भएकाले भीड व्यवस्थापन र भक्तजनको सुविधाका लागि उक्त सेवाबाट सहज र सुरक्षित रूपमा मन्दिर दर्शन गर्न सकुन् भन्ने उद्देश्यले पशुपति विकास कोषसँगको सहकार्यमा, मयुर यातायात बसद्वारा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको प्रायोजनमा सञ्चालन गरिएको छ।