काठमाडौँ / साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २.०७ अङ्कले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्से परिसुचक घटेसँगै २९६२.१३ अङ्कमा पुगेर रोकिएको छ । आइतबार नेप्से परिसुचक २९६४.२० बिन्दुमा रोकिएको थियो । यस दिन कुल ३२१ स्टकको १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने साढे २६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेक्स ०.७८ अङ्कले घटेको छ । फ्लोट इण्डेक्स ०.३७ अङ्कले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.३७ अङ्कले घटेको छ । सोमबार विकास बैंक र व्यापार समूहको परिसूचक सबैभन्दा बढी ३ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ भने वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक पनि बढेको छ ।
यता, बैंकिङ उपसमूह, अन्य, निर्जीवन बिमा, जीवन बिमा, हाइड्रोपावर, होटल तथा पर्यटन, लगानी, म्युचुअल फण्ड र लघुवित्त समूहको परिसूचक भने १ प्रतिशतभन्दा कमले घटेको छ ।
यसदिन समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडको सेयर मूल्य उच्च बृद्धि भएको छ । समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ११४.२० रुपैयाँले बढेर १२५६.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । सान्भी इनर्जी लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ६३.०२ रुपैयाँले बढेर ६९८.६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ र ट्रेड टावर लिमिटेडको सेयर मूल्य पनि प्रतिकित्ता ६७.९४ रुपैयाँले बढेर ७८०.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन बिन्ध्यवासिनी हाइड्रो पावरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८.४९ प्रतिशतले घटेर ६२३.७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । ग्रीन भेन्चर्स लिमिटेडको सेयर मूल्य ५.०८ प्रतिशतले घटेर ६००.४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी लिमिटेड, ङादी ग्रुप पावर र लुम्बिनी विकास बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।