गैरआवासीय नेपाली संघको नयाँ सदस्यता विवरण सार्वजनिक, जापान शीर्ष स्थानमाको नयाँ सदस्यता विवरण सार्वजनिक, जापान शीर्ष स्थानमा

गैरआवासीय नेपाली संघको नयाँ सदस्यता विवरण सार्वजनिक, जापान शीर्ष स्थानमाको नयाँ सदस्यता विवरण सार्वजनिक, जापान शीर्ष स्थानमा

शुक्रवार, साउन २ २०८२
शुक्रवार, साउन २ २०८२
  • गैरआवासीय नेपाली संघको नयाँ सदस्यता विवरण सार्वजनिक, जापान शीर्ष स्थानमाको नयाँ सदस्यता विवरण सार्वजनिक, जापान शीर्ष स्थानमा

    काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए)को २०२५–२०२७ कार्यकालका लागि हालसम्मको सदस्यता विवरण सार्वजनिक गरिएको छ। 

    images
    images

    संघको एमआइएस प्रणालीअनुसार २०२५ जुलाई १८ सम्म कुल ७६ हजार ९३७ सदस्यता स्वीकृत भइसकेका छन्। यस्तै, थप ३ हजार ३६७ नयाँ सदस्यता आवेदनहरू स्वीकृति प्रक्रियामा रहेका छन्।

    क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा धेरै सदस्यता एशिया प्यासिफिक क्षेत्रबाट प्राप्त भएको छ, जहाँ २२ हजार २७९ सदस्यता स्वीकृत भएका छन्। दोस्रो स्थानमा अमेरिकाज क्षेत्र (१६,७६२ सदस्य), तेस्रोमा ओसियानिया (१६,५३८ सदस्य), त्यसपछि युरोप (१०,९६९), मध्यपूर्व (९,६५३) र अफ्रिका (७३५) रहेका छन्।

    देशअनुसार शीर्ष १० सदस्य सङ्ख्या

    १. जापान – १८,३८१
    २. अष्ट्रेलिया – १५,५५१
    ३. अमेरिका – १०,९९४
    ४. क्यानडा – ५,७४५
    ५. युके – ३,५०८
    ६. कतार – ३,६१५
    ७. साउदी अरेबिया – ३,१२७
    ८. युएई – २,१२२
    ९. दक्षिण कोरिया – १,४१६
    १०. आयरल्यान्ड – १,४०२

    क्षेत्रगत सदस्यताको औसत प्रतिशत यसप्रकार छस्

    एशिया प्यासिफिक – २९५

    अमेरिकाज – २२५

    ओसियानिया – २२५

    युरोप – १४५

    मध्यपूर्व – १३५

    अफ्रिका – १५

    हालसम्म ५६ वटा राष्ट्रिय समन्वय परिषद्हरू एमएसआइ प्रणालीमा आबद्ध भएका छन् भने ५७ परिषद्हरूलाई सदस्यता स्वीकृति दिने प्रशासनिक पहुँच दिइएको छ।

    संघले क्ःब्च्त् ल्च्ल्ब् मोबाइल एपमार्फत डिजिटल सदस्यता प्रक्रियालाई पारदर्शी, पहुँचयोग्य र गतिशील बनाउने दिशामा तिव्रता दिएको छ। जापानले लगातार उच्चतम सदस्यता सङ्कलन गर्दै नेतृत्व गरिरहेको देखिन्छ भने अष्ट्रेलिया र अमेरिकाको सहभागिता पनि उल्लेखनीय रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com